
Fmb
Nsb
Ksb
Ksb
jsb
Ksb
Rsb
Gsb
Ppu
Csb
Usb
Tgp
Bsn
Rks
Ssb
Ssb

Usb
Gsb
Hl1
Ssb
Tsb

Rgu
ptl
Nps
पर्सा । पर्सामा १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्।
त्यस्तै भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए।उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘निर्णय भइसकेको छैन।
यस्तै ’पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्।यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
