
Ksb
Tgp
Bsn
Rks
Nsb
Ssb
Ksb
Usb
jsb
Ssb
Gsb
Rsb
Ksb
Ppu
Fmb
Csb

Hl1
Usb
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । दाङ जिल्लामा मदिरा पदार्थ बिक्री– वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण र ओसारपसार गर्न रोक लगाएको जानकारी दिएको छ । मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री– वितरण,ओसारपसार गर्न रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनु भयो ।
प्रजिअ रेग्मीका अनुसार त्यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने छ ।
