मंगलबार, कार्तिक २२, २०७९

कपिलवस्तु । कपिलवस्तु क्षेत्र न.३ मात्र नभई देशैभरि मंसिर ४ गते हुने हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको बहुमतकाे सरकार बन्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ ।

आज कृष्णनगर नगरपालिका-८ बहादुरगंजकाे गाैरव चाैकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै शाहले आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो । शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको देउवा नेतृत्वमा सरकार निर्माण भएको बताउनुभयो ।

संविधान बचाउनको लागि काङ्ग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो । जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो । निर्वाचनपछि देशमा बाम- लाेकतान्त्रिक गठबन्धनकाे नेतृत्वमा प्रदेशको मुख्यमन्त्री विरेन्द्र कनोडिया,प्रदेशको मन्त्री एहसान अहमद खाँ र आफु केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा क्षेत्र न ३ (१) प्रदेश सभा सदस्य एहसान अहमद खां ले आफु माओवादीको मात्र नभइ कांग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो । निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो ।

क्षेत्र न ३ (२) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले ५ वर्षको अवधिमा २ वर्ष मात्र सरकारमा आफुहरु रहेको बताउनुभयो । २ वर्षको अवधिमा आफ्नो क्षेत्र भित्र ठुलो लगानी गरेकोले विकास र समृद्धीको लागि आफु निरन्तर जनतामा रहेको बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस र माओवादीका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]