दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लामा निर्वाचनको प्रचार अभियान सुरु गरेको छ । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले अभियान सुरु गरेको हो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा रहेको टोलीले गढवा १ कालाकाटेबाट कार्यक्रम सुरु भएको छ । अभियान अन्तर्गत आज कार्तिक २० गते दाङको कालाकाटेमा आयोजित कोणसभालाई जिल्ला अध्यक्ष तथा प्रदेश समानुपातिक उम्मेदवार गणेश आचार्य र समानुपातिक उमेदवार तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरूङले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै राजमो जिल्ला सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता र सल्लाहकार हरी सुवेदीको स्वागत मन्तवयबाट शुरू भएको सभालाई सञ्चालन अखिल नेपाल युवक संघ दाङ जिल्ला अध्यक्ष चित्र एमसीले गर्नु भएको थियो ।