माधव बेल्बासे बिहिबार, भाद्र २५, २०७७

कपिलवस्तु । कपिलवस्तुमा असोज १ गतेबाट होटल संचालन गर्ने बातावरण बनाउन व्यवासायीहरुले आग्रह गरेका छन् । कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने वातावरण नबनाएको भन्दै व्यवसायीहरुले जिल्लाका स्थानिय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।

जिल्लामा १५ अर्ब बढीको लगानिमा संचालमा रहेका होटलहरुले प्रत्येक्ष रुपमा १५ हजार बढीलाई रोजगारी प्रदान गरिरहेको अवस्थामा विगत ६ महिनादेखि व्यवसाय बन्द हुदाँ जटिल अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासंचिव रविन्द्र पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भ्रमण वर्षलाई लक्षित गरी होटल तथा पर्यटनमा व्यवसायीहरुले ठुलो रकम लगानी गरेको अवस्थामा हाल वैकको व्याज,किस्ता,घरभाडा,पानी, बिजुलीमा सरकारले छुट गर्ने अवधारणा ल्याउनुपर्ने उल्लेख गरीएको छ ।

सानो पुजीवाट स्वरोजगार गर्दै आएका घरलु तथा लघु उद्यमी,ससाना चियापसल, खाजाघर तथा होटल रेष्टुरेन्टहरुलाईहरुलाई भौतिकदुरी कायम तथा सुरक्षीत भएर व्यवसाय संचालन गर्न दिनुपर्ने बताइएको छ । होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले नबुझेको भन्दै व्यवसायीहरु मानिसक तनावमा परि अप्रिय घटना समेत घटन सक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासचिव रविन्द्र पौडेल र घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठद्धारा हस्ताक्षीत ज्ञापन पत्रमा असोज १ गते देखि होटल तथा व्यवासाय संचालन गर्ने व्यवस्था नमिलाए लकडाउन उल्लघन गर्दै स्वतस्फुर्त व्यवसाय संचालन गर्ने बाध्य हुने बताइएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र वाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको र भोली अन्य स्थानिय तहमा बुझाउने महासचिव पौडेलले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]