
Fmb
Ssb
Nsb
Rsb
Bsn
Ksb
Rks
Tgp
Ksb
Gsb
Usb
jsb
Ssb
Csb
Ksb
Ppu

Hl1
Usb
Tsb
Gsb
Ssb

Nps
Rgu
ptl
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले यही १८ गतेदेख गाउँपालिकाभित्र मालवाहक गाडी संचालनमा रोक लगाउने भएको छ ।
असोज तेस्रो हप्ता परेको पानीले ठाउँ ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले मंगलबार १५ गते एक सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी संचालनमा रोक लगाएको हो ।
त्यस्तै सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाको सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रकलगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।
यस्तै मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले बताउनु भयो । अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उहाँको आग्रह छ । बंगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा खानी रहेको र चुनढुंगा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।
