Sidha Patra सोमबार, कार्तिक १४, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा छठ विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।स्मृति युवा क्लबका अध्यक्ष खिम बहादुर घर्ती मगरको अध्यक्षता तथा नेकपा एमाले दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले यस अघि आफू प्रत्येक्ष निर्वाचित सांसद नभएको हुँदा भनेको जस्तो विकासका कार्य हुन नसकेको र अब आफू प्रत्येक्ष उम्मेदवार भएर निर्वाचन होमिएकोले आफुलाई मत दिएर बिजय गराउन आग्रह गर्नु भएको थियो ।मलाई सुर्य चिन्नमा मतदान गर्नुस् म समग्र राजपुर गाउँपालिकाको शिक्षा,स्वास्थ्य,खानेपानी,बाटोघाटो लगायत अन्य विकासका कार्यलाई क्रमशः गर्छु उम्मेदवार चौधरीले भन्नू भयो ।

क्लबका सदस्य सन्दीप बिकको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राप्रपा पार्टी दाङ क्षेत्र नम्बर १ (क) उम्मेदवार मानबहादुर चन्द ठकुरी, नेकपा एमाले दाङ क्षेत्र नम्बर १ (क) उम्मेदवार गंगाराम भट्टराई,राप्रपा दाङ क्षेत्र नम्बर १ का अध्यक्ष लिलाराम यादव,राजपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद अहिर,नेकपा एमाले राजपुर गाउँपालिकाका अध्यक्ष हेमकुमार जिसी लगायतकाले बोल्नु भएको थियो ।कार्यक्रममा नृत्य प्रतियोगिता लगायत खुल्ला साँस्कृतिक कार्यक्रम भएको उक्त कार्यक्रमको संचालन क्लबका सल्लाहकार शेरबहादुर घर्ती मगरले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]