
Pbu
Ksm
Gisld
Mbdvs
Anm
mbd
Sds
Rbs
Gmk

Rgu
Bbu
Sbs
Ksm
Bbbpu
Asm
Ssm
Sls
Rsb
Pvg
Vor
Tsm
Rgu
Gst
Hal
Ggd
nsb
Rgs
Wsp

Rmb
Mks
Gsb
Jmb
Abd
Ptm
Rpp
bbt
Jmb
Syp
Pls
sab
Bml
दाङ । थाहा अनलाइन दाङका संवाददाता ओमप्रकाश गुप्ताले लेखेको समाचारमा दाङकै एक जिम्मेवार पत्रकारले अपाच्य शब्द प्रयोग गरि कमेन्ट गरेको प्रति पत्रकार गुप्ताले अाफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति दाङका सदस्य समेत रहेका पत्रकार नारायण भण्डारीले गुप्ताले लेखेको समाचारमा अपाच्य शब्द प्रयोग गरि कमेन्ट गरेको प्रति अाफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अपाच्य शब्द प्रयोग गरि कमेन्ट गर्ने पत्रकार भण्डारीलाई कारवाहीको माग गरेका छन् । भदौ २४ गते बुधबार राजपुर फोहराका भोला यादवले दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला शिर्षकको समाचारमा पत्रकार भण्डारीले समाचारको विषयमा कमेन्ट गर्ने नाममा समाजमा समेत अपाच्य हुने शब्द ( जाँठो, पाजी, नरपिचास) जस्ता शब्द प्रयोग गरी मलाई र मैले काम गर्ने मिडियाको समेत बदनाम गर्न खोजेको साथै मेरो चरित्र हत्या गर्न खोजेको र ती त्यस्ता अपाच्य शब्द तथा कमेन्टले मैले लेख्ने हरेक समाचारमा पाठक वर्ग तथा समाजले समेत अविश्वास गर्न सक्ने भएकाले निज पत्रकार भण्डारीलाई पत्रकार गुप्ताले विज्ञप्ति मार्फत कडा कारवाहीको माग गरेका छन् । निज भण्डारीले समाचारका विषयमा चित्त नबुझे सुझाव मुलक कमेन्ट गर्न वा फोन मार्फत सुझाव दिने ठाउँमा सोच विचारै नगरि अपाच्य शब्द प्रयोग गरेको गुप्ताले बताएका छन् । पछिल्लो समय पत्रकार भण्डारीले हरेक समाचारमा यस्तै किसिमको कमेन्ट गर्दै अाएको पनि पत्रकार गुप्ताले अारोप लगाएका छन् ।
पत्रकार महासंघको जिम्मेवार पदमा बसेर यस्ता शब्द प्रयोग गर्ने भण्डारीलाई महासंघको कार्यसमितिबाट हटाउन समेत पत्रकार गुप्ताले माग गरेका छन् । पत्रकार गुप्ताले बिहीबारनै नेपाल पत्रकार महासंघ दाङ शाखा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ बुटवल, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, सञ्चारग्राम काठमाडाैंमा समेत हस्तलिखित उजुरी गरिसकेका छन् ।
