Sidha Patra शनिबार, कार्तिक १२, २०७९

दाङ । दाङका श्रष्टाहरुको आधुनिक गीतिसंग्रह मधुमास बिमोचन भएको छ । राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा ७ जना स्रष्टाहरुको गीतिसंग्रह मधुमास आज एक कार्यक्रम गरेर बिमोचन गरिएको हो ।

गीतकार नरेश खड्काको तिम्लाई माया गर्ने मुटु, प्रकाश केसीको सानो कुरामा फाटेको मन, प्रबल बिष्टको दुई मुटुको साईनो, खड्ग विवश विसीको कहाँनेर छुट्यो भाग्य, सुशील पुन बिरहीको यति चोट दियौ तिमीले र अभि क्षेत्री समर्पणको नसोध भो कस्तो बित्छ रात बोलको गीत समेटिएको गीति संग्रह मधुमास बिमोचन गरिएको हो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् रचनाकार नारायण नेपालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा समिक्षक नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले गीतले समाजलाई सन्देश दिने भन्दै गीतमा भएका शब्दले मानिसको सोच र समाजलाई सकारात्मक उर्जा दिने बताउनु भएको छ । गीतहरुमा देश प्रेमको कुरा,माया प्रेमको कुरा,समाजको कुरा,मिलन बिछोडको कुरा लगायत थुप्रै भावनात्मक शब्दहरु समेटिएको छ ।

त्यस्तै प्रत्येक गीतका शब्दले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै दाङका श्रष्टाले नेपाली गित संगितका क्षेत्रमा ठुलाे याेगदान दिएकाे बताउनुभयो । मधुमास गितिसंग्रहमा रहेका गितमा विश्व कीर्तिमानी संगितकार सन्तोष श्रेष्ठको संगित रहेको छ । गीतकार प्रकाश केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद केन्द्रका उपाध्यक्ष कमलमणी देवकोटाले गर्नु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]