
Tgp
Gsb
Rks
Ksb
Bsn
Nsb
Fmb
Rsb
jsb
Csb
Ssb
Usb
Ksb
Ssb
Ppu
Ksb

Tsb
Hl1
Ssb
Usb
Gsb

Nps
ptl
Rgu
दाङ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री रेखा शर्माले आगामी मंसिर ४ गतेकाे निर्वाचनमा दाङबाट प्रतिगामी शक्तिहरूकाे ढाड सेकिने बताउनुभएकाे छ ।
दाङ निर्वाचन क्षेत्र नं ३ बाट सत्तारूढ दलहरूकाे तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार समेत रहनुभएकी शर्माले दाङमा गठबन्धनकाे जित सुनिश्चित भएकाे बताउनुभयाे । “हामी दाङलाई समृद्ध बनाउन चाहन्छाैं, दाङकाे विकासकाे स्पष्ट खाका हामीसँग छ,” उहाँले भन्नुभयाे, “मतका हिसाबले प्रतिगामी गठबन्धन भन्दा धेरै अघि छाैं, एमाले दाङमा तीब्र असन्तुष्टि देखिएकाे छ, त्याे मत पनि हामीलाई आउँछ ।”
एमाले नेता शंकर पाेखरेल अध्ययन मननमा राम्रै नेता भए पनि जनताकाे प्रतिनिधि भएर जनताकाे सेवा गर्ने नेचरकाे नभएकाे शर्माकाे भनाइ छ । “दाङमा उहाँले निर्वाचन जितेकाे भन्दा हारेकाे ईतिहास धेरै छ,” शर्माले भन्नुभयाे, “यसपटक पनि उहाँले निर्वाचन जित्ने कुनै आधार छैन ।” टिकट वितरणमा एमालेल इमान्दार तथा पुराना नेता कार्यकर्तालाई पाखा लगाएर अवसरवादीहरूलाई काखि च्यापेकाे उहाँको आराेप छ ।
नेपाली काङ्ग्रेसका नेता एवम् प्रदेशसभा २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले मंसिर ४ पछि पनि पाँच वर्ष नै एमाले सरकार बाहिर बस्ने बताउनुभयो । उहाँले साढे तीन वर्ष मुख्यमन्त्री हुँदा शंकर पाेखरेलले कुनै गतिलाे काम गर्न नसकेकाे बताउनुभयाे ।
