मेगमन बुढा बुधबार, भाद्र २४, २०७७

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ४ फोहरा निवासी भोला यादवले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

एक लिटरको मिनरलवाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सुरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको हो । मंगलवार बिहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन बुधबार आज बिहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेला परेको गुप्ताले जानकारी दिनु भयो ।

त्यस्तै दूधको बोतलमा माथि पट्टी केमिकल जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ ।  केमिकल मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुधको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी एवं बुद्धिजीवी शसिराम नेपालीले बताउनु भएको छ ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]