अनिल खत्री बुधबार, भाद्र २४, २०७७

गुल्मी । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोज चालक बन्नु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको शिलान्यास गर्न डोजर चलाएर उहाँ चालक बन्नु भएको हो । शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर प्रमुख भुसाल आफैले केहि बेर सम्म डोजर चलाएर माटो समेत खन्नु भएको थियो । शिलान्यस कार्यक्रममा जानु भएका अतिथीहरु समेत प्रमुखले डोजर चलाउदा दङ्ग परेर रमाईलो समेत भएको थियो । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को निर्माण कार्य सुरु भएको हो ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गर्नु भएको थियो । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गर्नु भयो । उहाँले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताउनु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]