
Gmk
mbd
Sds
Anm
Gisld
Rbs
Mbdvs
Pbu
Ksm

Rsb
Hal
Ggd
Bbbpu
Rgu
Rgs
Ksm
Vor
Wsp
Asm
Sbs
Tsm
Rgu
Sls
Gst
Ssm
Bbu
nsb
Pvg

Syp
Rpp
bbt
Jmb
Ptm
Rmb
Pls
Mks
Gsb
sab
Abd
Bml
Jmb
गुल्मी । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोज चालक बन्नु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको शिलान्यास गर्न डोजर चलाएर उहाँ चालक बन्नु भएको हो । शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर प्रमुख भुसाल आफैले केहि बेर सम्म डोजर चलाएर माटो समेत खन्नु भएको थियो । शिलान्यस कार्यक्रममा जानु भएका अतिथीहरु समेत प्रमुखले डोजर चलाउदा दङ्ग परेर रमाईलो समेत भएको थियो । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को निर्माण कार्य सुरु भएको हो ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गर्नु भएको थियो । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।
सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गर्नु भयो । उहाँले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताउनु भएको थियो ।
