
mbd
Gmk
Gisld
Rbs
Mbdvs
Ksm
Sds
Pbu
Anm

Wsp
Bbbpu
Rgu
Rgu
Sls
Rsb
Ssm
Asm
Gst
Hal
Ggd
Vor
Sbs
Ksm
Rgs
nsb
Bbu
Pvg
Tsm

Syp
Bml
Jmb
Pls
Gsb
Abd
Mks
Jmb
Ptm
Rmb
sab
bbt
Rpp
दाङ । दाङमा जारी निषेधाज्ञाको स्वरुप आइतबारदेखि परिवर्तन भएको छ । भदौ १४ गते राति १२ बजेदेखि जारी गरिएको एक हप्ते पूर्णकालीन निषेधाज्ञाको समयावधि सकिनै लाग्दा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबै क्षेत्रको राय सुझावलाई मनन् गर्दै निषेधाज्ञालाई निरन्तरता दिए पनि स्वरुप भने परिवर्तन गरिएको हो ।
सोमबार भोलि बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार खोल्न दिने निर्णय भएको छ भने निषेधाज्ञा आगामी भदौ २८ गतेसम्म लम्ब्याइएको छ । बजार खोल्दा विशेष सुरक्षा सावधानी अपनाउन र व्यापार व्यवसाय गर्दा भौतिक दुरी कायम गर्न भनिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनु भएको छ ।
त्यस्तै हालको अवस्थामा सार्वजनिक सवारी संचालन गर्न नदिने तर नीजि सवारी साधनको हकमा भने जोर विजोर प्रणाली लागु हुने भएको छ । बजार खुल्ने समयमा जसरी नीजि सवारी पनि जोर विजोर प्रणालीका आधारमा संचालन हुनेछन्, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नु्नू भयो । विहान ६ घण्टाका लागि खुल्ने बजार मध्यान्ह १२ बजेपछि नियमित रुपमा नै निषेधाज्ञा लागु हुने उहाँले प्रष्ट पार्नु भयो ।
यसो गर्दा सबै क्षेत्र केही भएपनि चलायमान हुने हुँदा कोही कसैलाई समस्या नपर्ने गरी निषेधाज्ञाको स्वरुप फेरबदल गरेको उहाँको भनाई छ । स्थानीय प्रशासनले समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम भयावह हुन नदिन भन्दै भदौ १ गतेबाट रात्रिकालीन समय गर्दै आएको निषेधाज्ञाको समय भदौ १४ गते राति १२ बजेपछि पूर्णकालनी बनाएको थियो । जसको समय आज राति १२ बजेपछि सकिनै लागेको बेला फेरी १ साताका लागि निषेधाज्ञाको समय बढाईएको हो ।
यता नीजि क्षेत्रको नेतृत्व गर्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले हालको अवस्थामा गरिएको निर्णय स्वागत योग्य रहेको प्रतिक्रिया दिनु भएको छ । उहाँले सबैको राय सुझाव र कोरोनाको जोखिमलाई मध्य नजर गर्दै गरिएको निर्णय उद्योगी व्यासायीहरुका लागि ठिकै रहेको बताउनु भयो । यो निर्णय सबैको जीत भएको निर्णय मान्नु पर्छ, हामीले अब निषेधाज्ञा बढाउने भए,´स्वरुप परिवर्तनमा ध्यान दिन भनेका थियो, सबै कुरा त पूरा भएनन् तर अहिलेका लागि ठिकै छ, उहाँले भन्नु भयो ।
यस अघि जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुँदै आएकोमा यस पटक जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन सम्बन्धमा निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अहिलेको परिस्थितिमा सबै पालिकाका प्रमुख, नीजि क्षेत्र, सरोकार निकायलाई बोलाएर छलफल गर्ने माहोल नभएको हुँदा सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको सिधापत्रलाई जानकारी दिनु भयो ।
दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ८३८ पुगेको छ भने ७०६ जना उपचारपछि निको भई डिसचार्ज भईसकेका छन् । अहिले जिल्लाका सक्रिय संक्रमितको संख्या १३० रहेको छ भने उनीहको विभिन्न आइसोलेसनमा उपचार भईरहेको छ । हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।
