
Snmbs
Snmbs
Gesld
Ges
Sdc
Pbu
dpm
Dbc
rgs
Mbf
Amb
Dpm
snmbs


दाङ । देउखुरीको लमही कोइलाबास सडक फराकिलो गर्दा बाटोमा पर्ने संरचनाको क्षतिपूर्ति दिलाउने माग जोडदार रुपमा उठाइने भएकोछ ।
लमही कोइलाबास सडक खण्ड फराकिलो गर्न लमही नगरपालिकामा एक समिति गठन गरिएको हो । सडकको एरियामा रहेका संरचना हटाउन बिहिवार नगर प्रमुख कुल बहादुर के.सी.को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जस्को सदस्यहरूमा नगर उप-प्रमुख देवका बेल्बासे,नेकपाका रतन कुमार के.सी.,नेपाली काँग्रेसका कर्ण बहादुर बुढाथोकी,राप्रपाका बम बहादुर के.सी., राजमोका दिलिप खनाल,जसपाका किशोर घर्ती मगर,दे.उ.बा.संघका रत्न प्रसाद श्रेष्ठ,लमही चेम्बर अफ कमर्सका अजय न्यौपाने रहनु भएको छ ।
बैठकले सरोकारवालाहरु संग सहजीकरण गर्न विभिन्न निर्णय गरेको छ । लमही कोइलाबास सडकमा पर्ने सम्पुर्ण संरचनाको मुआब्जा तथा क्षतिपूर्ति दिलाउन समितिको पहलमा संघीय तथा प्रादेशिक जनप्रतिनिधिको अगुवाइमा संघीय सरकार समक्ष डेलिगेशन जाने,सडक खण्डको डिपिआर लगायतका अन्य कागजात अध्ययन गरि निर्माण भएका संरचना ब्यबस्थापन गर्ने सन्दर्भमा सरोकारवालाहरु लाई कानुन बमोजिम सुचना जारी गर्ने लगायत निर्णय गरिएको जनाइएको छ ।
