
smb
Rg-9
Gsbus
jmb
Asm
Ssbus
Ppu
gms
Bpb
jms
Sys

Tsb
bmj
Ln8
Asm
Rys
Sbs
Gg1
Gg5
Hl1
Ln2
Ssb
Ln1
Ln9
bml
Dps
kbs
cks
Ln3
Ln7
Usb

ptl
Gg3
Rss
Snk
Bpb
Gg6
Gg4
Rgu
Jab
Sab
Nps
Gjl
Gg2
Ksb
Sml
Jpb
Sbs
दाङ । देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे एक महिलाकाे शब फेला परेकाे हाे । बुधबार बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदीको किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियाे बलाउज,निलाे रंगकाे पेटिकाेटकाे इजारा र निधारमा समान्य चाेट लागेकाे मंगाेलियन तथा पहाडिमुलकाे जस्ताे देखिने शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनु भएको छ ।
शब कुन ठाउँबाट कसरी आईपुग्याे भन्ने बिषयमा अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक सारूले जानकारी दिनु भयो । शबकाे अहिले सम्म सनाखत हुन नसकेकाे राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनु भएको छ । उक्त शबलाई लमही अस्पतालकाे शब गृहमा पठाई सकिएकाे प्रहरीले बताएकाे छ ।
