Sidha Patra शनिबार, भाद्र १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको ० दशमलव ५३ प्रतिशत हो ।

मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमतिमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५ जना छन् ।

यस्तै २१ देखि ३० वर्षसम्मका १२ जना, ३१ देखि ४० वर्ष उमेर समूहका १७ जना छन् । ४१ देखि ५० वर्ष सम्मका ४२ जना संक्रमतिको मृत्यु भएको छ ।

५१ देखि ६० वर्षका ३८ जना, ६१ देखि ७० वर्ष उमेर समूहका ४० जना, ७१ देखि ८० वर्षको उमेर समूहका २६ जना र ८० वर्ष भन्दामाथिका ११ संक्रमितको मृत्यु भएको छ ।

यो तथ्यांकले नेपालमा कुल मृत्यु हुने संक्रमतिमध्ये सबैभन्दा बढी मृत्युदर ६१ देखि ७० वर्ष उमेर समूहका बढी छन् । ६० वर्षभन्दा माथि उमेर भएकाको मृत्युदर पनि बढी छ । ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिको मृत्युदर भने कम रहेको मन्त्रालयको तथ्यांकले देखाउछ ।

यो तथ्यांकले पनि वयस्क व्यक्ति तथा बालबालिकामा कोरोना संक्रमणबाट हुने मृत्युदर कम देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार मृत्यु भएका कोरोना संक्रमितमध्ये अघिकांश कुनै न कुनै प्रकारका रोग र समास्याबाट ग्रसित भएका बिरामी छन्।
शुक्रबारसम्म मृत्यु भएका व्यक्ति अधिकांशमा कुनै न कुनै प्रकारका दीर्घ रोग रहेको पाइएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांककाअनुसार मृत्युभएका संक्रमितमध्ये करिव ५० जनामा कोरोना संक्रमणको कारण अर्थात कोरोनाको गम्भिर प्रकृतिको लक्षणले कडा निमोनिया र श्वासप्रश्वास, उच्च ज्वरो र खोकीको समस्या रहेको पाइएको छ ।

अन्य संक्रमित क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मुटु सुम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोग, नशा सम्बन्धि समस्या, कलेजो सम्बन्धी रोग, दमको समस्या, पित्तथैलीमा पत्थरी, क्षयरोगका बिरामी, हाइपोथाईरोडीजम लगायतका समस्या भएका बिरामी थिए ।

दैनिक १० हजारभन्दा बढी व्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण पनि भइरहेको छ । तर अझै पनि मृत्युपछि मात्र कोरोना पुष्टि हुने क्रम रोकिएको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]