
Csbus
dsbus
Bksbus5
Gsbus
Gsl
Ddhbs
Ssbus
Amb
Jsbus
Pbu
Nssbus7
Ratbs
gms
Rbs

Asm
Rsb
Ssm
Ggd
Rgu
nsb
Tsm
Rgs
Bbu
Gst
Wsp
Bbbpu
Pvg
Ksm
Sbs
Vor
Hal
Rgu
Sls

Jmb
Bml
sab
Ptm
Jmb
Rpp
Gsb
Syp
bbt
Abd
Mks
Rmb
Pls
दाङ । विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द शिष्य हो।
समाजलाई रुपान्तरण,अन्याय,अत्याचार,शोषण, दमन, कुसंस्कार तथा कुरीति,सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा नै हो। तसर्थ शिक्षा राजनीतिसँग जोडिनु राम्रो पक्ष हो । हाम्रो समाजमा अझै पनि युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर साँच्चिकै वास्तविकता के हो भने राजनीति युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । किनकी विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् भने समाज रुपान्तरणका वाहक र संचालक शक्ति भनेका युवा विद्यार्थी नै हुन् । शिक्षामा स्वतन्त्रता, आधुनिकता र व्यवहारिक जस्ता कुरा केवल एउटा कागजको पानामा मात्रै सीमित हुने गरेका छ्न ।
विद्यार्थी राजनीति जसको सामान्य बुझाई हुन्छ, विद्यार्थीले गर्ने राजनीति अथवा राजनीतिक गतिविधिमा लागेका विद्यार्थीहरु। यहीँ बुझाइलाई आधार मानी भन्ने हो भने विगतबाट केही नयाँ कुरा सिकि वर्तमानमा प्रगतिशील सोच्ने,हक र अधिकारका सवाल तथा परिवर्तित विश्व जगतका समकालीन मुद्दाहरुलाई बहस र निष्र्कषमा पुर्याउन गरिने शैक्षिक क्रान्तिको अर्को नाम विद्यार्थी राजनीति हो। विगत लामो समयदेखि नेपाल आन्तरिक र बाह्य संकटमा फस्दै आयो र तत्पश्चात् जनताले आन्दोलन र क्रान्ति हुँदै यहाँ सम्म आइपुगेको छ।
संसारका महान व्यक्ति जसले समाज परिवर्तन गरे, मानवीय चेतनालाई बृहत्त र फराकिलो बनाए, ती सबै विद्यार्थी थिए र विद्यार्थी कालबाटै दलगत राजनीतिमा प्रवेश गरेका थिए। कार्ल माक्स, माओ, लेनिन आदि जस्ता महान हस्तीहरुका जीवनी पल्टाएर हेर्दा प्रष्ट हुन्छ। समाज रुपान्तरणको सपना विद्यार्थीले देखेको हुन्छ, रुपान्तरण गर्ने शैली र बाटाहरु मात्र फरक हुन सक्दछन्।
विद्यार्थी जीवनमा औपचारिक रूपमा विद्यालयहरूमा गएर सिक्नु मात्र प्रयाप्त नभई मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ । औपचारिक होस् या अनौपचारिक शिक्षा आर्जन गरे पनि विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने वास्तविक सिकाई र परिवर्तनशिल शिकाई को औचित्य हुदैन । आधुनिक युग र बैज्ञानिक कार्यशैली लाई सहि रुपमा ब्यबहारिक जिवनमा लागू गर्दै बिद्यार्थी श्रम,उत्पादन र आत्मनिर्भरता सङै आफ्नो शैक्षिकस्तर उकास्न होमिने गरेको पनि पाउने गरेका छौ । राष्ट्रीय एकता र भौगोलिक अखण्डता को बिषयमा बिद्यार्थी राजनीति गरिरहेका हरु बाटै बारम्बार खवरदारि र प्रतिगामी हरु लाई निरन्तर चुनौती दिदै पछि हट्न बाध्य पार्न बिद्यार्थी संगठन नै सक्रिय हुने गरेका छन् । हाल सम्म प्राप्त उपलब्धि को रक्षा एवम कार्यान्वयन र सत्यलाई सस्थागत गर्दै सुन्दर नेपाल को परिकल्पना गर्न निरन्तर बिद्यार्थी राजनिती गरिरहेकाहरु खवरदारी र समन्वय का लागि लागिपरिरहेको पाइन्छ ।
देश लाई सहि दिशा तिर लान र आधुनिक बैज्ञानिक शक्ति सम्यन्त्र सङ्ग लड्न सक्ने एक असल चरीत्रवान,सामाजिक र बौद्धिक नागरिक उत्पादन गर्न विद्यार्थी जीवन देखि नै राजनीति मा कहि कतै जोडिएको अथवा आफ्नो क्षमता प्रस्फुटन गर्न सहि मार्ग दर्शन पाएको अवस्थामा मात्र सम्भव रहेको देखिन्छ ।
अन्त्यमा भन्नू पर्दा ज्ञान् आर्जन गर्दै समाज परिवर्तन र आधुनिक युग लाई परिकल्पना गर्दै विश्व सामु लडिबुडी गर्दै आफ्नो बौद्धिकता,क्षमता र ब्यबहारिकता लाई जुन कुनै राजनैतिक आस्था सङ्ग जोडिएपनी त्यो आस्था सिङ्गो समाज र देश परिवर्तन लाई आत्मासाथ गर्दै नयाँ बैज्ञानिक कार्यशैली अवलम्बन गरेको र असल चरीत्रवान सभ्य नागरिक उत्पादन सङ्ग मात्रै बिद्यार्थी राजनीति को औचित्य जोडिएको हुदा विद्यार्थी जीवनमा राजनीतिको महत्त्व रहेको छ ।
