
Pbu
Lnp
Djs
cjs
Unsku
Gfs
Rgp
pku
Ggp
sbs
Pes
Rgp1
Sgr
Srbpu

Rgu
Vor
Tsm
nsb
Ggd
Sbs
Rgu
Gst
Wsp
Ssm
Bbbpu
Sls
Pvg
Rsb
Rgs
Asm
Ksm
Hal
Bbu

Jmb
bbt
Mks
Bml
Pls
Ptm
Abd
Syp
Rmb
sab
Gsb
Rpp
Jmb
दाङ । स्तम्भकार समाज दाङकाे तेश्राे अंक विमाेचन एक कार्यक्रमको बीचमा भएको छ ।
समाजका अध्यक्ष केबी मसालकाे अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माकाे प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरि तेस्रो अंक विमाेचन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि शर्माले अभिव्यक्ति स्वतन्त्रताकाे अधिकारलाई सही उपयाेग गराउने वातावरण स्तम्भकार समाजले खेल्नुपर्ने बताउनु भयो ।
त्यस्तै उहाँले अहिले अभिव्यक्ति स्वतन्त्रताकाे नाममा विद्रोह गर्ने परिपाटीको गलत अभ्यास हुन लागेकाले हरेकले विवेककाे सही प्रयाेग गर्दै पदीय जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । समाजमा रहेका वाैद्धिक वर्गलाई एक ठाउँमा अझै ल्याउन नसकिएकाे अवगत गराउँदै उहाँले सचेतनाकाे बत्ती बाल्ने काम भएको हुँदा दूरदराजका हरेक नागरिकसम्म चेतनाकाे बत्ती बाल्न निरन्तर अभियान अघि बढाउन सचेत गराउनुभयाे ।
कार्यक्रममा सुशील गाैतम सल्लाहकार,पूर्व सल्लाहकार हिरामणि दुखी,नागरिक समाजका निवर्तमान संयाेजक चन्द्रराज पन्त,राप्ती साहित्य परिषदका सल्लाहकार पुरुषाेत्तम खनालललगायतले स्तम्भकार समाजले खेलेकाे भुमिकाकाे चर्चा गर्दै आगामि दिनमा यसकाे भुमिका अझ बढाउन आग्रह गर्नुभएको थियाे । स्तम्भकार समाज देशमै पहिलाे संस्थाका रुपमा रहेकाले देशभर यस विषयमा नयाँ संचार गरेकाे बताउनुभयो । २०७५ सालमा स्थापित स्तम्भकार समाजले वार्षिक मुखपत्र प्रकाशन गर्दै आएकाेमा विगत दुई वर्ष काेराेनाका कारण प्रकाशन हुन सकेको थिएन ।
त्यस्तै समाजका उपाध्यक्ष पद्मप्रसाद शर्माको स्वागत एवम् प्रवेशबाट शुरुभएकाे कार्यक्रमकाे सहजीकरण सचिव नारायणप्रसाद भण्डारीले गर्नुभएको थियाे ।
