
Rgp
Djs
pku
Sgr
Pes
Pbu
cjs
sbs
Rgp1
Lnp
Ggp
Gfs
Unsku
Srbpu

Asm
Rgs
Hal
Ggd
Sbs
Rsb
nsb
Pvg
Vor
Tsm
Ssm
Sls
Gst
Bbbpu
Ksm
Bbu
Rgu
Wsp
Rgu

Gsb
Pls
Rpp
Rmb
Abd
Jmb
Bml
sab
Syp
bbt
Ptm
Jmb
Mks
दाङ । राजपुर गाउँपालिकाले बिद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड र डिस्पेन्सर मेसिन नि:शुल्क प्रदान गरेको छ ।
गाउँपालिका अन्तरगतका ८ वटा माध्यमिक विद्यालय हरुमा अध्ययनरत छात्राहरुका लागि प्याड र मेसिन बितरण गरेको हो । पढाईको बेला महिनावारी हुँदा छात्राहरुमा हुने समस्यालाई कम गर्न विद्यालयमा प्याड र मेसिन अनिवार्य हुनुपर्ने भन्दै गाउँपालिकाले यस्तो कार्यको सुरुवात गरेको हो ।
बुधवार मात्र राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित शिबशक्ती माविमा प्याड र मेसिन वितरण गरिएको छ । यो भन्दा अघि गाउँपालिका अन्तरगतका साधारण नमुना मावि सालभौरी,बालकल्यान मावि खाँग्रानाका,मावि दुलैया,मावि सिक्टा,जनज्योती मावि बेला,शँकर मावि खरदरिया,गौरी शँकर मावि भैँसाही नाकामा वितरण गरि सकिएको राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब लम्सालले बताए । उनका अनुसार डिस्पेन्सर मेसिन विद्यालयमै रहने र आबस्यक्ता अनुसार सेनेटरी प्याड गाउँपालिकाले समय,समयमा उपलब्ध गराउने जानकारी दिए ।
मेसिनमा प्याड फिट गरिने र छात्राहरुले स्विचको मद्दतबाट आबस्यक प्याड निकाल्न मिल्ने प्रमुख लम्सालले बताए । गाउँपालिकाको यस्तो कार्यले महिनावारी हुँदा छात्राहरुलाई सहज हुने बिश्वास गरिएको छ । पढाईको बेला हुने महिनावारीले पढाइ नै प्रभाबित हुने गरेको शिबशक्ती मावि भौवानाकाकि छात्रा सञ्जु दसौंदीले बताईन । महिनावारी अबधीभर विद्यालय जाने ईच्छा भएपनि जान नसक्ने अबस्था रहने उनको भनाई छ । आर्थिक स्थिती कमजोरीका कारण सबै छात्राहरुमा प्याड किनेर प्रयोग गर्न सक्ने अबस्था छैन । यसर्थपनि पढाईमा केही प्रभाबित हुने गरेको छात्रा दसौंदीको भनाई छ । छात्राहरुमा हुने महिनावारीले विद्यार्थी विद्यालय नआईँदिदा स्वयम् छात्राको पढाइ प्रभाबित हुँदै आएको विद्यालयकि स्टाप नर्स लक्ष्मी रोकाहले बताईन ।गाउँपालिकाको यस्तो अभियानले छात्राको पढाईमा थप सुधार हुने रोकाहले बिश्वास ब्यक्त गरिन । ‘सबैको प्याड किन्न सक्ने अबस्था छैन, कतिपय लाजले पनि आउँदैनन स्कुल स्टाप नर्स रोकाहले भनिन्-गाउँपालिकाको यस्तो कार्यले छात्राको पढाईमा हुने समस्या निर्मुल हुनेछ ।’
छात्राहरुको महिनावारी समस्या र पढाईप्रती चिन्तित बन्दै ‘स्कुलमा नि:शुल्क प्याड र मेसिन’वितरण गरिएको राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन । आफू एक महिला भएका कारण महिलाको समस्या बुझ्दै त्यसैमाथी छात्राहरुको पढाईमा महिनावारीले पुर्याएको असरलाई निर्मुल पार्न गाउँपालिकाले यस्तो अभियानको थालनी गरेको उपाध्यक्ष यादबको भनाई छ ।
‘समृद्दीका लागि शिक्षा एक हो, महिनावारीले केही हदसम्म पढाईमा प्रभाब पारेको छ उपाध्यक्ष यादबले भनिन-छात्राहरु त्यही शिक्षाबाट बञ्चित हुन नपरोस भनेर नि:शुल्क प्याड र मेसिनको अबधारणा लिएका हौँ ।’गाउँपालिकाको यस्तो कार्यप्रती छात्राहरु हर्षित बनेका छन् ।
दुर्गम बस्तिहरुमा अझैपनि महिनावारी हुँदा लाजले विद्यालय जाँदैनन भने कतिपयको आर्थिक अबस्था कमजोर हुनु पनि प्रमुख कारण हो । गाउँपालिकाले यो भन्दा अघिपनि मावि स्तरीय विद्यार्थीहरुका लागि ‘नि:शुल्क पढाई’ लागू गरिसकेको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवी लालविर खड्का,पवन यादव,पत्रकार,शिक्षक अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
