
pku
Gfs
cjs
sbs
Ggp
Unsku
Sgr
Rgp
Lnp
Pes
Rgp1
Djs
Srbpu
Pbu

Vor
Ssm
Wsp
Ksm
Bbu
Rsb
Asm
Tsm
Rgs
Bbbpu
Hal
Rgu
Gst
Pvg
nsb
Sbs
Rgu
Ggd
Sls

Mks
Gsb
Ptm
Abd
bbt
Syp
Pls
Jmb
Rpp
sab
Jmb
Bml
Rmb
दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको २४ औं वार्षिक साधारण सभा कार्यक्रम बिहीबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।
राप्ती सामुदायिक वन उपोभोगक्ता समूहका अध्यक्ष खिम बिक्रम शाहाको अध्यक्षता तथा राप्ती डिभिजन कार्यलय महा संघका अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्य एवं राप्ती डिभिजन कार्यलय मसुरिया प्राविधिक बिष्णु शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भुसालले वन हाम्रो सामुहिक धन भएको हुँदा सबैले माया गरेर जानू पर्ने र कसैलाई काख कसैलाई पाख गर्ने भावना राख्न नहुने बताउनु भएको छ ।
राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको क्षेत्रफल ११सय४१ हेक्टर रहेको छ । वन अति रमणीय भालुबाङ,चैत,बगासोती र माछिताल सम्म रहेको छ । यस क्षेत्रमा ६ सय घर घरधुरी उपोभोक्ताहरु रहेका छन् भने वनमा १९० प्रजातिका जडिबुटी र बोटबिरुवाहरु रहेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्ने अतिथिहरुले हरियो वन नेपालको धन बनाउन जरुरी रहेको बताउनु भएको छ । दाङ जिल्लामा सबै भन्दा ठुलो क्षेत्रफल भएको वन भनेर पनि चिन्ने गरिएको छ । जस्मा यो वनमा बाघ,भालु,बदेल,स्याल,मृग,मजुर,सुगा,सारी , मैना, सारस,गिद्ध,बकुल्ला,ढकुर,काग,लगायत पाइन्छ भने चमेरो गुफा,राप्ती नदी,आपखोलि खानेपानी खड्केसोरी मन्दिर,हनुमान घढि मन्दिर,रामजानकी मन्दिर २ वटा मस्जिद र विभिन्न धर्मावलम्बीहरुको आ-आफनो विशेषताहरु रहेको छ । यस ठाँउमा रोल्पा,प्युठान,सल्यान,गुल्मी र अर्घाखाँचीबात बसाई सरी आएकाहरुको बसोबास रहेको छ । विविध जात जाती भाषा,संस्कार,सङ्स्कृती,धर्म मान्नेहरुको बसोबास रहेको छ ।
साधारण सभाले २१ बुदाका प्रस्ताहरु माथी छ्लफल गरी सामुदायिक वनलाई राम्रो सुन्दर बनाउने हिसाबले पारित गरेको थियो । आगामी दिनहरुमा यो प्रस्तावहरु कागजमा मात्र सिमित नराखी लागू होस भन्ने उपोभोक्ताहरुको भनाइ रहेको थियो ।
यसैगरी वार्षिक साधारण सभा कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खडका,रामजदी सामुदायिक वनका अध्यक्ष हरि श्रेष्ठले बोल्नु भएको थियो भने सभा कार्यक्रममा समाजसेवी एवं बुद्धिजिबि नागरिक अगुवा लगायत उपोभक्ताहरुको सहभागिता रहेको थियो ।
सभामा समुहका अध्यक्ष खिम बिक्रम शाहाले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिभेदन समुहका सचिव लिला रेस्मीले गर्नु भएको थियो। वार्षिक साधारण सभाको स्वागत मन्त्बय पदम बहादुर पुनले गर्नु भएको कार्यक्रमको सहजीकरण पत्रकार महेशचन्द्र रिजालले गर्नु भएको थियो ।
