इराधा झाक्री मगर शुक्रबार, आश्विन ०७, २०७९

दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको २४ औं वार्षिक साधारण सभा कार्यक्रम बिहीबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।

राप्ती सामुदायिक वन उपोभोगक्ता समूहका अध्यक्ष खिम बिक्रम शाहाको अध्यक्षता तथा राप्ती डिभिजन कार्यलय महा संघका अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्य एवं राप्ती डिभिजन कार्यलय मसुरिया प्राविधिक बिष्णु शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भुसालले वन हाम्रो सामुहिक धन भएको हुँदा सबैले माया गरेर जानू पर्ने र कसैलाई काख कसैलाई पाख गर्ने भावना राख्न नहुने बताउनु भएको छ ।

राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको क्षेत्रफल ११सय४१ हेक्टर रहेको छ । वन अति रमणीय भालुबाङ,चैत,बगासोती र माछिताल सम्म रहेको छ । यस क्षेत्रमा ६ सय घर घरधुरी उपोभोक्ताहरु रहेका छन् भने वनमा १९० प्रजातिका जडिबुटी र बोटबिरुवाहरु रहेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्ने अतिथिहरुले हरियो वन नेपालको धन बनाउन जरुरी रहेको बताउनु भएको छ । दाङ जिल्लामा सबै भन्दा ठुलो क्षेत्रफल भएको वन भनेर पनि चिन्ने गरिएको छ । जस्मा यो वनमा बाघ,भालु,बदेल,स्याल,मृग,मजुर,सुगा,सारी , मैना, सारस,गिद्ध,बकुल्ला,ढकुर,काग,लगायत पाइन्छ भने चमेरो गुफा,राप्ती नदी,आपखोलि खानेपानी खड्केसोरी मन्दिर,हनुमान घढि मन्दिर,रामजानकी मन्दिर २ वटा मस्जिद र विभिन्न धर्मावलम्बीहरुको आ-आफनो विशेषताहरु रहेको छ । यस ठाँउमा रोल्पा,प्युठान,सल्यान,गुल्मी र अर्घाखाँचीबात बसाई सरी आएकाहरुको बसोबास रहेको छ । विविध जात जाती भाषा,संस्कार,सङ्स्कृती,धर्म मान्नेहरुको बसोबास रहेको छ ।

साधारण सभाले २१ बुदाका प्रस्ताहरु माथी छ्लफल गरी सामुदायिक वनलाई राम्रो सुन्दर बनाउने हिसाबले पारित गरेको थियो । आगामी दिनहरुमा यो प्रस्तावहरु कागजमा मात्र सिमित नराखी लागू होस भन्ने उपोभोक्ताहरुको भनाइ रहेको थियो ।

यसैगरी वार्षिक साधारण सभा कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खडका,रामजदी सामुदायिक वनका अध्यक्ष हरि श्रेष्ठले बोल्नु भएको थियो भने सभा कार्यक्रममा समाजसेवी एवं बुद्धिजिबि नागरिक अगुवा लगायत उपोभक्ताहरुको सहभागिता रहेको थियो ।

सभामा समुहका अध्यक्ष खिम बिक्रम शाहाले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिभेदन समुहका सचिव लिला रेस्मीले गर्नु भएको थियो। वार्षिक साधारण सभाको स्वागत मन्त्बय पदम बहादुर पुनले गर्नु भएको कार्यक्रमको सहजीकरण पत्रकार महेशचन्द्र रिजालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]