
pku
cjs
Rgp
Pes
sbs
Rgp1
Srbpu
Unsku
Pbu
Sgr
Gfs
Djs
Lnp
Ggp

Tsm
Ggd
Vor
Sls
Hal
Ssm
Wsp
Ksm
nsb
Pvg
Rgu
Rgs
Gst
Bbbpu
Asm
Sbs
Rgu
Bbu
Rsb

Mks
Abd
Rmb
Rpp
Bml
Syp
Gsb
Ptm
sab
Pls
Jmb
bbt
Jmb
दाङ । सिपी नेपालले देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकामा शैक्षिक शसक्तिकरण कार्यक्रममा झण्डै पाँच करोडको बजेट लगानी गर्ने भएको छ । क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपाल ले बुधवार गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम तथा बजेटको सार्वजनिक गरेको हो । गढवा गाउँपालिकासंग आयोजना गरिएको समन्वयात्मक गोष्ठिमा बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
बिगत २०६४सालदेखि सिपी नेपालले अनाथ,टुहुरा, बेसाहार,मुक्त कम्लहरी,अतिबिपन्न र सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई शिसु कक्षा देखि १२ कक्षा तथा प्राबिधिक लाईनको पठनपाठनका लागि बिभिन्न कार्यक्रम मार्फत लगानी गर्दै आएको कार्यक्रममा जानकारी गराइएको हो । देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकाका कुल ३२२ जना बिद्यार्थीहरुलाई शिसु कक्षा देखि उच्च शिक्षा र प्राबिधिक लाईन तर्फ समेत संस्थाले लगानी गर्दै आएको महिला कार्यक्रम संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । अर्कोतर्फ आमा समूह मार्फत महिला शसक्तिकरण,किसोर किशोरी प्रजनन स्वास्थ्य,सिकलसेल एलीमियाको उपचार,बिपन्न बिद्यार्थी र महिलाहरुलाई साइकिल वितरण,खेलकुद कार्यक्रम,वाल स्वास्थ्य शिविर लगायतका थुप्रै कार्यक्रमहरु संचालन गरिदै आएकोमा ति सबैजसो कार्यक्रमहरुलाई यस बर्षपनि निरन्तरता दिने सिपी नेपालले जानकारी गराएको छ ।
चालु आर्थिक बर्ष २०७९÷०८० का लागि आइ.एस. भिजी. तर्फ ३० लाख २० हजार एचआइपी कार्यक्रम तर्फ ६० लाख ३६ हजार ७ सय ८२,डच सपोर्ट कार्यक्रमतर्फ २७ लाख १३ हजार ८ सय ८४, स्योरकल कार्यक्रम तर्फ २२ लाख ६६ हजार, स्वास्थ्य कार्यक्रम तर्फ १३ लाख १३ हजार ५ सय र शिक्षाद्वारा बिद्यार्थीहरु शसक्तिकरण कार्यक्रम (भ्त्भ् कगउउयचत उचयनचबmmभ) तर्फ ३ करोड २२ लाख ७० हजार गरि यसबर्षको कुल बजेट ४ करोड ७६ लाख २० हजार १ सय ६६ रहेको उक्त कार्यक्रममा सरिता चौधरीले जानकारी गराउनुभएको हो ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सिपी नेपालले गतबर्ष सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी तथा मन छुने खालका भएको भन्दै आगामी समयमा पनि स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि काम गर्न प्रशासकीय अधिकृत चौधरीले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । सिपी नेपालका महिला कार्यक्रमा संयोजक सरिता चौधरीको स्वागत मन्तब्य र प्रस्तुतिकरणबाट सुरु भएको कार्यक्रमको सहजीकरण हेमराज शर्माले गर्नुभएको थियो ।
