
pku
Unsku
Ggp
Gfs
Srbpu
Djs
Rgp
Rgp1
Pbu
Pes
Sgr
sbs
cjs
Lnp

Ksm
Pvg
nsb
Ggd
Bbbpu
Rgs
Vor
Wsp
Rgu
Sbs
Rsb
Ssm
Rgu
Tsm
Bbu
Sls
Asm
Gst
Hal

bbt
Pls
Rpp
Syp
Ptm
sab
Rmb
Jmb
Bml
Mks
Gsb
Jmb
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहीनाका स्थायी घर भएको हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) मा बस्दै आउनु भएका ३५ बर्षीया कमला बिकको चलिरहेको एम्बुलेन्सबाट लडेर गए राति मृत्यु भएको छ । उहाँ गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेको बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लड्नु भएको हो । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार रहनु भएको थियो । उहाँहरु नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै हुनुहुन्थ्यो । कमला स्वयं बिरामी भएको बुझिएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुर्षी चोकमा पुगेपछि कमलासँगै सवार अन्य २ जना झर्नुपर्ने भएकाले एम्बुलेन्स रोकियो । कमलाबाहेक अन्य सवार २ जना ओर्लिनु भयो । कमला झर्ने स्टेशन अलि पर नै थियो । सो घटनाको प्रत्यक्षदर्शी समाजसेवी किशोर कुमार घर्तीका अनुसार एम्बुलेन्स रोकिएर चल्ने क्रममा पछाडिको ढोका आफै खुलेर उहाँ सडकमा पछारिनु भएको थियो । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रमा लिएको लमही प्रहरीले जानकारी दिएको एछ ।
Aa
