Sidha Patra शुक्रबार, भाद्र ०५, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहीनाका स्थायी घर भएको हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) मा बस्दै आउनु भएका ३५ बर्षीया कमला बिकको चलिरहेको एम्बुलेन्सबाट लडेर गए राति मृत्यु भएको छ । उहाँ गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेको बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लड्नु भएको हो । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार रहनु भएको थियो । उहाँहरु नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै हुनुहुन्थ्यो । कमला स्वयं बिरामी भएको बुझिएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुर्षी चोकमा पुगेपछि कमलासँगै सवार अन्य २ जना झर्नुपर्ने भएकाले एम्बुलेन्स रोकियो । कमलाबाहेक अन्य सवार २ जना ओर्लिनु भयो । कमला झर्ने स्टेशन अलि पर नै थियो । सो घटनाको प्रत्यक्षदर्शी समाजसेवी किशोर कुमार घर्तीका अनुसार एम्बुलेन्स रोकिएर चल्ने क्रममा पछाडिको ढोका आफै खुलेर उहाँ सडकमा पछारिनु भएको थियो । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रमा लिएको लमही प्रहरीले जानकारी दिएको एछ ।
Aa

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]