टेकबहादुर पुन बुधबार, भाद्र ०३, २०७७

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सानातिना बिषयमा पनि प्रायजसो बिवाद श्रृजना भईरहन्छन् । जनप्रतिनिधि बिचमा पनि आपसी कुरा नमिल्दा बारम्बार बिवाद उत्पन्नका उदाहरण हरु थुप्रै छन । अहिले फेरि गढवा गाउँपालिकामै कर्मचारी दर्खास्तको बिषयमा उत्पन्न बिवादले उग्र रुप लिएको छ । उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी बिच उत्पन्न बिवाद सतहमा आएको हो ।गाउँपालिकाले गत साउन २८ गते ३ जना कर्मचारी आबस्यक्ता सम्बन्धी १५ दिने सुचना जारी गर्यो ।

जसमा दमकल चालक १ जना, फायरम्यान १ र कुचिकार १ जना गरि ३ जनाको आबश्यक्ता सम्बन्धी दर्खास्त आह्वान गरिएको थियो । तर कर्मचारी छनौटका बिषयमा कार्यकारी र उपाध्यक्ष बिच कुरा नमिल्दा बिवाद श्रृजना भएको हो । उपाध्यक्ष चौधरीले आफ्नो मान्छेलाई छनौट गर्न नपाएको भन्दै बिवाद श्रृजना गरेको कार्यकारी योगीको आरोप छ । तर, कार्यकारी योगीले गाउँपालिकाको हरेक काम मनोमानी गर्दै आईरहेको उपाध्यक्ष चौधरीको भनाई छ । दर्खास्तका लागि आएको निवेदन पनि कार्यकारीले बुझ्न नमानेको उपाध्यक्षको आरोप छ । कार्यकारी लाल बहादुर योगीले भने प्रक्रियागत रुपमा काम गर्दापनि उपाध्यक्ष चौधरीले कपोकल्पित आरोप लगाएको बताएका छन् ।

दर्खास्तका लागि आएका निवेदन हरु प्रक्रिया पूरा गरेर आउन आग्रह गरेको हो, कसैलाई फर्काउने नियत चाहिँ हैन कार्यकारी योगीले भने । ‘उपाध्यक्षले दम्कल चालकमा आफ्नो मान्छे राख्न दवाव दिनुभएको थियो तर मैले मानिन कार्यकारी योगीले भने-प्रक्रियागत रुपमा जाने हो, सक्षम र दक्ष कामदार राख्नको लागि मैले यस्तो कदम चालेको हो ।’उनले बिवादकै बिषयलाई लिएर विभिन्न अनलाईन मिडिया हरुले प्रकासित गरेका समाचार हरुमा सत्यता नरहेको समेत जनाएका छन् । एकलौटी तवरबाट प्रकासित भ्रमित र कपोकल्पित समाचार हरुले भ्रम मात्र पैदा गरेको उनको भनाई छ । यता,गाउँपालिका अध्यक्ष सहजराम यादबले उपाध्यक्षको नियतका कारण आफू र समग्र गाउँपालिले बारम्बार बद्नामी खेप्नुपरेकोमा दुखेसो पोखे । उनले उपाध्यक्षले दरखास्तका लागि पठाएको ब्यक्तिले जागिर पाईने भएपछी मात्रै दरखास्त दिने नाईभने नदिने भनी फर्किएको बताए । ‘आफुले चाहेको ब्यक्तिलाई नै जागिर दिने उपाध्यक्षको ज्यादतीका कारण बिवाद भएको हो, खासै ठूलो बिषय होईन अध्यक्ष यादबले भने-छलफलबाटै निस्कर्षमा पुग्छौ, कसैलाई काखा र पाखा गरिँदैन ।’गढवा गाउँपालिका उत्पन्न बिवाद यो कुनै नौलो हैन । यो भन्दा अघिपनि त्यहाँ सानातिना बिषयलाई लिएर बिवाद उत्पन्नका समाचार हरु सार्बजनिक भईरहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]