
Rgp1
Gfs
Ggp
Sgr
Lnp
Pes
cjs
sbs
pku
Srbpu
Unsku
Pbu
Rgp
Djs

Sls
Bbbpu
Bbu
Rgu
Hal
Rsb
Ssm
Asm
Vor
Sbs
Wsp
Tsm
Rgu
Ggd
nsb
Pvg
Rgs
Gst
Ksm

Rmb
bbt
Jmb
Ptm
Jmb
Abd
sab
Bml
Syp
Rpp
Gsb
Pls
Mks
दाङ । आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा आयोजित आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक र्यालीसहित विचार आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित लुम्बिनी प्रदेशको आत्महत्या सम्बन्धि जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त आयोजनामा आज घोराहीमा आयोजित आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भुमिका विषय बारे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीेले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा करिव ४ हजारले आत्महत्या गरेका बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ८२ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दाङमा आर्थिक वर्ष २०७६–०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसअनुसार, आर्थिक वर्ष २०७६–०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७–०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८–०७९ मा २ सय १४ जना तथा चालू आर्थिक वर्ष २०७९–०८० को हालसम्म ३६ जना गरि जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उहाँले बताउनुभयो । खास कारण पहिचान गरि समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उहाँको भनाई छ । प्रहरी अध्ययनका अनुसार, १३ प्रतिशत भन्दामाथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला छन्। उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मात्रामा मानिसको संलग्नता बढी आत्महत्या माध्यम अनुसार फरक-फरक हुने गरेको छ ।
मानसिक,यौनिक, शारीरिक यातना, सामाजिक, आर्थिक, वातावरणीय कारणले पनि आत्म हत्या गर्ने गरेका प्रहरीको भनाई छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक संघसंस्था लगायतको सहभागीता रहेको थियो । कार्यक्रम गर्नुअघि आत्महत्या न्युनीकरण सम्बन्धि सचेतनामुलक र्याली निकालिएको थियो ।
