
Rgp1
Sgr
cjs
Pbu
Pes
Unsku
Gfs
Srbpu
Lnp
Ggp
pku
Djs
sbs
Rgp

Rgs
Bbbpu
Pvg
Vor
Rsb
Bbu
Rgu
Tsm
Sls
nsb
Asm
Sbs
Ssm
Rgu
Gst
Ggd
Hal
Wsp
Ksm

Ptm
Gsb
sab
Rpp
Jmb
Abd
Syp
Rmb
Pls
bbt
Jmb
Bml
Mks
दाङ । राप्ती प्रेस मञ्चले आगामी असोज ११ गते विजयादशमीको अवसरमा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा बसेको बैठकले सो निर्णय गरेको हो । सो कार्यक्रमलाई व्यवस्थित बनाउन मञ्चका प्रमुख संरक्षक महेश रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यसै गरि बैठकले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको टंयाकीमा पानी चुहिने समस्याका विषयमा सेवा प्रदायक तथा सेवाग्राही बीच अन्तरक्रिया गर्ने भएको छ । जसका लागि मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्तालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबहादुर वलीलाई असोज ५ गते राप्ती गाउँपालिकामा स्वागत गर्ने कार्यक्रम समेत निर्णय पनि गरेको छ । जसका लागि ३ सदस्यीय तयारी समिति गठन गरिएको छ। जसको संयोजकमा किरण जिसी र सदस्यहरूमा हुमा सुनार, इराधा झार्की मगर रहेका छन् । भने यस मञ्चका सदस्य विरेन्द्र गिरी जिल्ला बाहिर गएकोले गिरीलाई बिदाई गर्ने निर्णय पनि गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
बैठकमा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, सचिव बलराम शाही (भिसुन), कोषाध्यक्ष हुमा सुनार र सदस्यहरू लोकमणी भुसाल, किरण जिसी, इराधा झार्की मगरको उपस्थिति रहेको थियोे ।
