Sidha Patra शुक्रबार, भाद्र ३१, २०७९

दाङ । पार्टी परिवर्तन गरेको बहानमा एक मजदुरलाई यहाँको सम्राट सिमेन्ट कम्पनिले कामबाट निष्कासन गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् । माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगत १ वर्ष देखि सम्राट सिमेन्टमा कार्यरत रहदै आएको र एक हप्ताको ज्याला समेत आफुले नपाएको गुरूङले गुनासो गरेका छन् । पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत आफ्नो माग सुनुवाई नभएको उनले बताएका छन् ।

अहिले काम गरेको पैसा माग्दा दिदैनौ भन्छन्, गुरूङले भने । मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुँदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाई नभएको हुँदा आफुले अहिले मानअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गुहार्नु परेको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]