
sbs
Pbu
pku
Sgr
Rgp
Gfs
Ggp
Lnp
Rgp1
Unsku
Djs
Srbpu
Pes
cjs

Tsm
Ksm
Vor
Rgs
Bbbpu
Asm
Rgu
Pvg
Hal
Ssm
Rsb
Bbu
Rgu
Gst
Sls
Ggd
Sbs
Wsp
nsb

Bml
Jmb
Mks
Gsb
Rmb
Syp
Ptm
Jmb
sab
bbt
Pls
Abd
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम भव्यताका साथ बुधबार राजपुरमा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भएको थियो ।
जस प्रतियोगितामा पहिलो स्थान राजपुर-४ दुलैया माध्यमिक विद्यालय,दोस्रोमा जनज्योति माध्यमिक विद्यालय वडा नम्बर २ बेला,तेस्रोमा वडा नम्बर ७ माध्यमिक विद्यालय सिक्टा रहेका थिए ।
उक्त प्रतियोगिता कार्यक्रममा साधारण नमूना माध्यमिक विद्यालय सालभौरी,माध्यमिक विद्यालय खरदरिया गरि ५ वटा माध्यमिक विद्यालयको सहभागीता रहेकोे थियो ।
बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराको साथमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डे,राजपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ६ का अध्यक्ष श्याम बहादुर रोका,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका पुनाराम यादव,सिपी नेपालका सरिता चौधरी,साधारण नमूना माध्यमिक विद्यालयका शिक्षक गिरराज भट्ट,युवा संजाल राजपुरका अध्यक्ष निरन्जन यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सिपी नेपाल र मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र (सिड्स)कार्यक्रमको सहयोग तथा राजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा राजपुर स्वास्थ्य शाखाका सहायक प्रमुख शकुन्तला रेग्मीले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन राजपुर शिक्षा शाखाका प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।

