दाङ । थबाङ्गी समाज सेवा समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार घोराहीको मगर संघ हलमा सम्पन्न भएको छ ।
थबाङ्गी समाज सेवा समितिका अध्यक्षता कुमार घर्ती मगरको अध्यक्षता तथा पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थबाङ आदर्श लाग्ने र अहिले थबाङ समाज सेवा समितिको कार्यक्रममा आउँदा थबाङ पुगे जस्तै लागेको बताउनु भयो । त्यस्तै उहाँले थबाङ्गी समाजको निम्ति आफू सधै हाजिर हुने र समितिको भवन बनाउनको लागि देश,बिदेश सबै ठाउँमा हात थाप्ने काम गर्ने बताउनु भयो ।
त्यस्तैगरि कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य दर्जित रोका मगरले विशेष मर्दा,पर्दा लगायत सबै काम कार्यमा समाज,समूह चाहिने भएकोले हाम्रो जीवन र मरनको एक पातो रहेको बताउनु भयो ।
कार्यक्रममा भान्सिङ बुढा मगर र सतबहादुर रोका मगर लगायतका बक्तारहनु भएको थियो। हाल थबाङ्गी समाज सेवा समितिको दाङ जिल्लाको २२ वटा समाज मध्ये पहिलो समाज रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । अहिले रोल्पाको थबाङ घर भएता पनि दाङ जिल्लामा आएर थबाङ्गी समाजमा एकेताबद्ध रहेका छन् ।
कार्यक्रम लगत्तै बन्द सत्रको सुरुवाती निर्बाचन मण्दल दर्जित रोका मगर,बिनप्रसाद पुन मगर र सतबहादुर रोका मगर रहनु भएको थियो । जसमा निर्बाचन मण्डलको मातहत रहि फेरि दोस्रो कार्यकाल दिहोरिएर कुमार घर्ती मगरको अध्यक्षतामा २४ सदस्य नयाँ कार्य समिति चयन गरिएको थियो । जसमा उपाध्यक्ष बिष्णु बुढा मगर,सचिब भिमप्रकास झाक्री मगर,सह सचिब तिला थापा मगर र कोषाध्यक्ष सन्ध्या रोका मगर रहेका छन् । नयाँ कार्य समितिलाई निर्बाचन मण्डल अध्यक्ष बिनप्रसाद पुन मगरद्वारा सपथ ग्रहण खुवाउनु भएको थियो ।