
Dbc
Sdc
Pbu
snmbs
rgs
dpm
Dpm
Amb
Snmbs
Ges
Gesld
sjnsplk
Snmbs
Mbf
pvg


दाङ । दाङको हर्नोकमा आज नि:शुक्क स्वास्थ शिविर गरिएको छ । घोराही उपमहानगरपालिकाको बिकट बस्तिका रुपमा रहेको हर्नोकमा एक दिने स्वास्थ शिबिरमा टाढा टाढाबाट आएर स्थानीयले स्वास्थ सेवा लिएको कार्यक्रम संयोजक शरद डाँगीले जानकारी दिनु भएको छ ।
शिविरमा स्वास प्रस्वास,रक्त सन्चार,ज्वरो,छाला लगायतका बिरामी सेवा लिन आएका छन । हर्नोकका रहेको अम्बिका माध्यमिक विद्यालय प्राङ्गणमा भएको स्वास्थ शिबिरमा घाेराहि उपमहानगरपालिका वडा न १ हर्नाेक आसपासका गाउँ र बंगलाचुली वडा न १ र २ का स्थानीयले सेवा पाएका छन ।
गाउँमा सहज स्वास्थ सेवाको सहज पहुँच नहुदा स्वास्थ अवस्था गम्भीर नहुदासम्म स्थानीय स्वास्थ परिक्षणका नजाने गरेको स्थानीय नारायण घर्तिले बताउनुभयो । स्वास्थ शिविरमा फिजिसियन डाक्टर प्रकाश सुबेदि,डाक्टर गोपाल खनाल,स्वास्थकर्मिहरु दिर्गेश वलि लगायतकाले बिरामीको परिक्षण र निशुल्क औषधि बितरण गर्नु भएको थियो ।
अम्बिका मा.बि.शिक्षक-अभिभावक संघका अध्यक्ष नारायण पाण्डेयको सभापतित्व बयोबृद्द मित्रलाल न्यौपानेको प्रमुख आतिथ्यतता एव समाजसेवी सुग्रीव वलिको बिशिस्ट आथिथ्यता भएको स्वास्थ शिविर उदघाटन समारोहमा फिजिसियन डाक्टर प्रकाश सुबेदि,पत्रकार हेमराज शर्मा,शरद डागी, मिनेन्द्र गिरि,नारायण घर्ति लगायतकाले बोल्नु भएको थियो ।
