
Ggp
Sgr
Rgp1
Gfs
Pbu
Rgp
Srbpu
sbs
pku
Unsku
Djs
cjs
Lnp
Pes

Gst
Hal
Ggd
Tsm
Bbu
Bbbpu
Sbs
Ksm
Ssm
Sls
Rgu
Pvg
nsb
Wsp
Asm
Rgu
Rsb
Rgs
Vor

Ptm
Rmb
Bml
bbt
Mks
Jmb
Abd
Pls
Jmb
Gsb
Syp
Rpp
sab
दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ भने सोही गाउँ निवासी बर्ष २७ का मनोज चौधरी बेपत्ता भएका छन । उनिहरु लु ५७ प ८८ ०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । हिज राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदिको पुलमा मोटरसाइकल ठक्कर खाएर दुबै जना नदिमा खसेको प्रहरीले बताएको हो ।
राती अबेर भएका कारण बेपत्ता भएका मनोजको खोजी कार्यमा समस्या आएको र आज आइतबार बिहानै देखि उनकोखोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताउनु भएको छ । गएराती लमही देखि गढवा तर्फ जाँदै गर्दा बलमपुर स्थित सानो राप्ती नदिको पुलमा ठोक्किएर दुबै जना तल खसेका थिए,जस मध्य मोटरसाइकल चालक सुरजको मृत्यु भैसकेको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । सुरजको शब प्रहरीले हिज शनिवार राती नै फेला पारेको र शबलाई पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । उनी सङ्गै सवार मनोजको अझै सम्म अवस्था अज्ञात छ । घटनास्थलमा अहिले खोजी कार्यका लागि सशस्त्र प्रहरीका गोताखोर टोलि खटिएको छ ।
