
Gss
bpmhl
Ssbus
Ksbus
Gsbus
Gsl
Nssbush
Lsbus
Ssbus
Gms
Lsbus
Gis
Pbu
Ssbus
Ksbus
Gis
Bsbus
Gsbus
Gsbus
Ksbus

Rgu
Asm
Rgs
Hal
Rgu
Ksm
nsb
Sls
Gst
Vor
Sbs
Bbu
Ssm
Bbbpu
Ggd
Tsm
Rsb
Wsp
Pvg

Syp
Jmb
Jmb
bbt
Ptm
Bml
Abd
Pls
Rpp
sab
Gsb
Rmb
Mks
दाङ । शुक्रबारको मध्यान्ह । घाम चर्किदै थियो । लमही १ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्राबासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरुको उज्यालो भविष्यको सपना मन्त्रीमै हातमा पुगेको थियो ।
लावाजुनी छात्राबासमा बसिरहेका मुक्त कमलहरी किशोरीहरुले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । त्यसो त यो भेट, भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरुको छात्राबासको ऋण झण्डै तीन लाख पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगको थियो । र तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न नायक बनेर उभिएका थिए सहरी विकास मन्त्री मन्त्री मेटमणि चौधरी ।
सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गरिन् । कार्यक्रमका संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिदै आएका फकला चौधरी बोल्न सुरु गरे, ‘त्यस्तै रातिको पौने एघार बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्युको कल रहेछ । यति राति मन्त्रीज्युको फोन अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बहिनीहरुको तिर्नुपर्ने ऋण कति छ,खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउछु ।’
फकला थारु भावुक देखिए । सम्हालिदै उनी फेरि बोल्न सुरु गरे, ‘नानीहरुको २ वर्षदेखिको खानपिन, पढाई अनि उपचार खर्चको ऋण ३ लाख पुग्न लागेको थियो । कमलहरी बैनीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री,मुख्य मन्त्री देखि संघीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापन पत्र बुझाएँ । हार गुहार गरे तर आजसम्म सबैले आश्वासन मात्र दिए । भन्न बाँकी थियो त सहरी मन्त्रीज्युलाई मात्र थियो । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुको भयो कि म कसरी व्यक्त गरुँ ? अनि म ढुक्कले सुतेँ । माननीय मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’
अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरुको रेखदेख र स्याहारमा खटिएकी बृजाले आफ्ना कुरा यसरी राखिन्, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही ४ हजार दिन्छ । १० महिनाको पैसा दिन्छ, हामीले १२ महिना पुर्याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । २ जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महंगी बढेको बढ्यै छ । केले खाने, केले पुर्याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाउँ भने यिनीहरुको घर पनि छैन । आज मन्त्रीज्यु आउँनुभाछ । धेरै खुसी लागेको छ । अब आसा पनि जागेको छ ।’
मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोखिन्, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यु आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’
सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरी बोल्ने समय आयो । ‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरुले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उनकी आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माएकी थिइन् ।
दाउरा बेचेर बच्चा हुर्काइन् । लिङ्कनले अमेरिका बदले । झमककुमारीलाई हेर्नुस् । सबैले उनलाई हेला गरे तर उनले हिम्मत हारिनन् । ठुलो कुरा आँट हो । हिम्मत हो । पैसा मात्र सब थोक होइन । तपाईँहरु पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोंच राख्नुस् । मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने संकल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरुको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरु चिन्ता नलिनुस् । तपाईँहरुका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’
मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकार समेत रहेका फकला थारु निकै उत्साहित दखिए । उनले ती नानीहरुका लागि गरेको प्रयास बल्ल सार्थक हुदै थियो । मन्त्रीको त्यो कल अनि निरन्तर सहयोग गर्ने वाचा उनलाई एक मिठो सपना जस्तो लागिरहेछ । उनी सुनाउछन्, ‘मन्त्रीज्युले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठुलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्युले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरु पनि पढ्न कस्सिएकाछन् । निकै खुसी छन् ।’(बिसी, सहरी विकास मन्त्रीका प्रेस संयोजक हुन् ।)
