
Pbu
Sdc
sjnsplk
snmbs
Ges
Dpm
Snmbs
Dbc
dpm
Gesld
rgs
Snmbs
Mbf
pvg
Amb


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको डीएसपी अधिकारीको भनाइ छ। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
