Sidha Patra शनिबार, भाद्र ११, २०७९

दाङ । दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ ।

शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले काम गर्ने बताउनु भयो । कलेज संचालक निशान्त आचार्यले सिद्धान्तलाई ब्यवहारिक शिक्षासगै जोडेर आधुनिक बिधिबाट पढाइ गर्ने बताउनुभयो ।

अर्का संचालक हेमराज देवकोटाले बिधिलाई प्रबिधिसग र ज्ञानलाई बिज्ञानसग जोडेर लैजानु आजको आवश्यकता भएको भन्दै उक्त कुरालाई आत्मसात गरि कलेज संचालन गरिने बताउनु भयो । प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले कलेजले युग सुहाउँदो शिक्षा दिइरहेको बताउनुभयो ।

त्यस्तै कलेज संचालक मदन सुबेदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक गणेश गौतमले गर्नु भएको थियो । कार्यक्रम कलेज संचालक, प्राध्यापक,विद्यार्थी सगै अब स्नातक तहमा भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]