
Ses
Gsbus
Gsl
Gis
bpmhl
Bsbus
Ssbus
Gsbus
Rsbus
Ssbus
Ksbus
Pbu
Ssbus
Ksbus
Lsbus
Gis
Gss
Gms
Nssbush
Ksbus

Tsm
Wsp
Vor
Sbs
Ksm
Asm
Gst
Hal
Rgs
nsb
Rgu
Rgu
Bbbpu
Ggd
Pvg
Sls
Ssm
Bbu
Rsb

Bml
Mks
sab
Ptm
Abd
Jmb
Pls
Rmb
bbt
Syp
Gsb
Jmb
Rpp
दाङ । गाउँपालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि गढवामा बैठक सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा प्रदेश पुर्वाधार बिकाश प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
बैठकले एक हप्ता भित्र सबै राजनीतिक दलहरुले पालिका समितिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ । साथै प्रत्येक वडामा समिति बनाई जग्गा एकिकरण सहजीकरणमा सहयोग समिति बनाई प्रमुख राजनीतिक दल,स्थानीयसंग छलफल गरी निस्कर्ष निकाल्ने छलफल भएको हो ।
बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरणका लागि सबै वडामा छलफल र बिबादित ठाउँको बारेमा छलफल र सहमति गरी लुम्बिनी प्रदेशको राजधानी लाई व्यवस्थितगरी बिकाश गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर – ५ का अध्यक्ष लेखराज थापाले लुम्बिनी प्रदेशको राजधानीको सिमाना गढवा गाउँपालिकाको वडा नम्वर १,२ र ३ लाई मात्र छोएको भएपनि समग्र विकासका लागी गढवा बजार क्षेत्र र गढवा गाउँपालिकाको सबै वडालाई समेटिएर विकासको निर्माण अगाडी बढाउनु पर्ने बताउनुभयो। बैठकमा उठेका जिज्ञासा र पालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि आवश्यक पर्ने सहयोग गर्ने अधिकृत छबिराज पोख्रेलले आश्वासन दिनु भयो।
बैठकमा गढवा गाउँपालिकाका निबर्तमान अध्यक्ष सहजराम अहिर,प्रशासन प्रमुख पुनाराम शर्मा, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव,महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्द,गढवा गाउँपालिका वडा नम्बर २ का भक्तु चौधरी,३ नम्बर वडाका वडाध्यक्ष तुलसिराम अधिकारी,४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी,५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा,६ नम्बर वडाका अध्यक्ष बिर बहादुर आले मगर, ७ नम्बर वडाका अध्यक्ष राहुलदेव चौधरी,त्यसैगरी कार्यपालिका सदस्य मान बहादुर नेपाली,रमा अधिकारी,चन्द्रा केसी,राप्ती गाउँपालिकाकाका निवर्तमान अध्यक्ष नुमान्नद सुबेदी,नेकपा माओवादी केन्द्रका सर्बजित घर्ति, नेपाली काँग्रेसका हुकुम राज यादव,जनमोर्चा नेपालका कपिलदेव खनाल,जनता समाजबादी पार्टीका महबुब अलि लगायतकाको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।
