
Pbu
Dbc
Dpm
Snmbs
Ges
Gesld
Sdc
Snmbs
snmbs
dpm
Mbf


दाङ । लागु पदार्थ सेवन तथा बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम देउखुरीको गढवामा सम्पन्नभएको छ ।
कार्यक्रममा माध्यामिक विद्यालय चैनपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा माध्यामिक विद्यालय चैनपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार चौधरीले लागु पदार्थ र बालविवाह कानुनी अपराध र सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी प्रमुख अतिथि लेखराज थापाले लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने,बाल अधिकार र मानव अधिकारको संरक्षण हुने,समाजमा शान्ति सुव्यवस्था कायम हुने भएकाले बालबालिकाको सुनौलो भविष्यका लागि कानुनको शासनको सम्मान गर्नुपर्ने र बालविवाहबाट बालबालिकाले पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट वञ्चित भइरहेकोले बालविवाह हटाउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय गढवाकी प्रमुख रञ्जु केसीले लागु पदार्थ सेवनको असर,प्रभाव र रोकथामबारे सहजीकरण गर्नुहुँदै लागु पदार्थले मानसिक,शारीरिक,आर्थिक,पारिवारिक र सामुदायिक रूपमा असर पर्ने भन्दै विद्यार्थीसंग छलफल गर्दै गर्नु भयो ।
प्रहरी प्रमुख केसीले समाजमा सबै उमेर समूहका मानिसहरु विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन,परिवार तथा समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पुर्याइरहेकोले यसको नियन्त्रणका लागि सबै जुटनु पर्ने बताउनु भयो । माध्यामिक विद्यालय चैनपुर र आधारभुत विद्यालय कक्रहवामा कार्यक्रम गरिएको हो। कार्यक्रममा वडासदस्य निर्मला परियार,खिमा डाँगी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन शिक्षक दाम बहादुर बिसीले गर्नु भएको थियो ।
