
Lsbus
Gsl
Bsbus
Pbu
Ksbus
Gss
bpmhl
Ksbus
Gis
Lsbus
Gsbus
Ksbus
Ksbus
ebg
Rsbus
Gis
Nssbush
Gsbus
Gis
Ssbus

Bbu
Bbbpu
Rgu
Asm
nsb
Rgu
Hal
Rgs
Sls
Rsb
Vor
Ggd
Pvg
Tsm
Ssm
Gst
Sbs
Ksm
Wsp

Ptm
sab
Jmb
Bml
Mks
Gsb
Rpp
Rmb
bbt
Syp
Pls
Abd
Jmb
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।
नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।
त्यस्तै ‘कम्पाउन्ड बनाउनका लागि नगरपालिकाले मापदण्ड तोकेको छ, तर एक जना स्थानीयले आफ्नो घरमा मापदण्ड विपरीत पर्खाल बनाएका पायौं । विना नक्सापास पर्खाल बनाएका पायौं,’ उनले भने । मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको बताए । सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना, नक्सा विपरीत बनेका संरचना हटाउन केही दिनमा सूचना निकाल्ने उनले बताए ।अनलाइनखबर
