
Gis
Lsbus
Lsbus
Ksbus
Ksbus
Gms
Gis
Ksbus
Gsl
Gsbus
Gss
Rsbus
Gis
Ksbus
Ssbus
Bsbus
Ssbus
Gsbus
Gsbus
ebg

Hal
Wsp
Sls
Ssm
Tsm
Asm
Vor
Rgu
Bbbpu
Pvg
nsb
Rsb
Bbu
Ksm
Rgu
Gst
Ggd
Rgs
Sbs

Bml
Pls
sab
Ptm
Jmb
bbt
Gsb
Syp
Mks
Rpp
Rmb
Jmb
Abd
दाङ । गढवा गाउँपालिकाको आयोजना र आत्मनिर्भर सेवा केन्द्र नेपालगञ्जको आयोजनामा बुधवार भूमी सम्बन्धि समस्या समाधान र भू–उपयोगका सम्बन्धमा एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वाँसको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधीहरु,कार्यपालिका सदस्यहरु,वडा अध्यक्षहरु तथा बिषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।अभिमुखिकरण कार्यक्रममा भू–उपयोग निती–२०७२ बमोजिम तयार गरिएको राष्ट्रिय भूमी निती–२०७५, भू– उपयोग ऐन–२०७६ र भू–उपयोग नियमावली –२०७९ का बारेमा जानकारी गराइएको थियो ।
गतबर्ष आयोगको खारेजी पछि गत फागुन महिनामा नवगठित आयोगसंग संझौता भै भूमीहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुको लगत प्रबिष्ट तथा जग्गा नापनक्साको काम सुचारु भएको गढवा गाउँपालिकाले जनाएको छ । हालसम्म भूमीहिन सुकुम्बासीका १ हजार तिनसय र अब्यवस्थित बसोवासीहरुका ६ हजारको हाराहारीमा फाराम संकलन भएको र २ हजार आठसयको संख्यामा फारामको इण्ट्रि तथा लगत प्रबिष्ट भै सकेको र द्रुत गतिमा काम भै रहेको गढवा गाउँपालिकाले जनाएको छ । यो समस्या समाधानका लागि गढवाको वडानं. १ बाट अमिन परिचालन गरि जग्गाको नाप नक्साको लगत दिने काम चलिरहेको र हालसम्म वडानं. १ मा ३ सय ५० बढी कित्ताहरुको नापनक्सा भै सकेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रलले जानकारी दिनुभयो ।
त्यस्तै गढवा गाउँपालिकाले राष्ट्रिय भूमी आयोगसंगको समन्वय र सहकार्यमा काम अगाडी बढाईरहेको र यसलाई समयमै सम्पन्न गर्न जग्गाको नापी तथा लगत प्रबिष्टका लागि थप जनशक्ति परिचालन गर्ने योजना समेत रहेको गाउँपालिकाले जनाएको छ । भू–उपयोग निती अन्तर्गत कृषि, आबास,ब्यवसायिक, औद्योगिक,खानी तथा खनीज, वन, नदी तथा ताल तलैया, सार्वजनिक उपयोगको खुल्ला क्षेत्र र साँस्कृतिक तथा पुरातात्विक क्षेत्र बर्गिकरण गरि भूमीहिन सुकुम्बासीको समस्या समाधान गरिने ब्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको हो ।
जसकालागि निर्देशिकाले तोके बमोजिमको स्थानीय भू–उपयोग परिषद गठन गरिने,जग्गा बर्गिकरणगर्ने, डाटा तथा नक्सांकन गरिने र जिल्ला भूमी आयोग संगको समन्वय सहकार्यमा क्षेत्रगत नक्सा अद्याबधिक गर्ने,जग्गा नापजाँच गर्ने र अन्त्यमा भूमीहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिने सिष्टमका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण आत्मनिर्भर सेवा केन्द्रका कल्पना कार्की र बिश्वाँस नेपालीले गर्नुभएको थियो ।
