श्रवण बस्नेत शुक्रबार, साउन ३०, २०७७

पछिल्लो समयमा कृषि पेशालाई युवाहरुले अंगाल्न नसकिरहेकाे समयमा लमही न,पा,३ कान्तिपुर निवासि एक बृद्ध अवस्थाका पुरुष, पुर्ब प्रअ तुल्सिराम अधिकारी अहिले कृषि अन्तरगत केरा खेति तर्फ अाकर्षित हुनु भएको छ । उहाँले १ बिगाहा क्षेत्रफलमा झन्डै ४ सय बाेट केरा राेपण गर्नु भएको छ । अाफ्नाे ब्याक्तीगत ५ लाखकाे लगानिमा साे खेति गर्नु भएको हाे ।

अन्य खेती भन्दा केरा खेतिमा छाेटाे समयमा धेरै अाम्दानि हुने भए पछि उहाँ साे पेशा तर्फ अाकर्षित हुनु भएको हाे । उहाँले जिनाइन र मालभाग जातका ४ सय केराका बोट बाँकेकाे काेहलपुरबाट किनेर रोपण गर्नु भएको हाे । केराले १ बर्ष पछि उत्पादन दिन थालिसकेकाे छ भने १ महिनामा ५ हजार रुपैयाँ बराबरको केरा बिक्री पनि गरिसक्नु भएको छ । अाफु कृषिमा रुचि रहेकाे अनि फुर्सद समय सदुपयोग हुने र अन्य कृषि खेती भन्दा केरामा मुनाफा पनि बढि हुने भएकाले पनि अाफु साे पेशामा लागेकाे अधिकारीकाे भनाइ रहेकाे छ । गएको असाेज महिनामा केराका बिरुवा राेपण गरे पनि गर्मीका कारण सबै केरा मरे पनि पुनः असारमा राेपण गर्नु भएको थियाे । १ बर्षमा उत्पादन दिन थाले पछि उहाँ निकै खुसि हुनु भएको छ ।लमही ३ बाल तारा मा.बि.मा प्र.अ बाटै रिटायर हुनु भएका अधिकारी कान्तिपुर कृषक सहकारी सस्थाकाे अध्यक्ष पनि हुनुहुन्छ,यति मात्रै हाेइन विभिन्न समाजिक कार्यमा उतिकै सक्रियता देखाउने अधिकारी सामुदायिक बनकाे अध्यक्ष पनि बनिसक्नु भएको छ । उमेरले ६० नाघे पनि उहाँमा अझै जाेस,जाँगर र उत्साह पनि उतिकै मात्रामा छ । यतिले नपुगेर उहाँ कहाँ १ वटा दुहुनाे जर्सि गाई पनि पाल्दै नजिकैको डेरीमा दूध बिक्री गर्दै अाइरहनु भएको छ । केरा खेतिबाट बार्षिक १ लाख खर्च कटाएर बच्ने अनुमान गर्नु भएको छ । केराका लागि दाेमट माटाे उपयुक्त हुने अनि हिउँदामा १५/१५ दिन पछि सिचाइ गर्नुपर्ने र समय समयमा मल,गाेलमेल गरे मात्रै पुग्ने एक दमै सजिलो घर वरिपरि सानाे बारिमा पनि गर्न सकिन्छ । केरामा सबै भन्दा जराबाटै लाग्ने बुगुराे राेग लाग्ने अनि मर्ने हुन्छ,तर साबधानिक अपलाउनु पर्छ,अन्य खेतिमा जस्ताे यसमा राेग लाग्ने भने हुदैन,अधिकारीले ५ जनालाई रोजगारी दिनु भएको छ ।

केही अन्य समस्या नभए पनि स्थानीय सरकारले म जस्ता कृषकहरुका लागि कृषि प्राबिधिकहरु समय समयमा खटाएर सहयाेग गरे अति उत्तम हुने बिश्वास लिनु भएको छ । पैसाका लागि बिदेश खाडि मुलुक तर्फ नगइ स्वदेशमा अरु थुप्रो संभावना छ । यहि केही गराै किन हुन्छ,मैलेले यहि अनुराेघ गर्छु कि हामी नेपालीहरु बाहिरी देशमा नजाअाै यहि गराै यहीँ छ,सबै भन्ने गर्छु युवाहरु लागि तर मान्दैन के गर्ने भनी दुख व्यक्त गर्नु भयाे । म बुढाेले त साहस,हिम्मत लिएर काम गर्न सफल भएको छु,तपाईंहरुले किन नसक्नु,उहाकाे केराकाे बाेटमा डेढ सय देखि २०० सय केराका केसाहरु रहेकाे भन्दै सबै केरा बारिबाटै बिक्री भइरहेकाे बताउनु भयाे ।

अब भाेलि केराकाे सिजन भएकाले पनि हाेला थुप्रो ब्याक्तिहरु अाएर पनि रित्तो,फर्काउनु परेकाे गुनासाे पनि गर्नु भयाे।काँचाे केरा ४०/५० रुपैयाँ दर्जन घर वारि बाटैबाट बिक्री हुन्छ बजार खाेज्नु पर्दैन,यहि नै खुसि अनि सन्तुष्टि पनि मिलेकाे छ । अधिकारीले भन्नू भयाे । लमही बजार देखि ७ किलाे मिटर पर काैडिया देखि सिधै तल कान्तिपुर गाउँ पर्ने गर्छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]