
ebg
Gis
Lsbus
Ses
Gms
Ksbus
Ssbus
Ssbus
Gsbus
bpmhl
Gis
Ssbus
Bsbus
Ksbus
Gsl
Gss
Gsbus
Ksbus
Gis
Pbu

Ggd
Ksm
Rgu
Rgu
Rgs
Bbu
Gst
Asm
Rsb
Hal
Bbbpu
Sbs
Vor
Sls
Pvg
Ssm
Wsp
Tsm
nsb

Abd
Rmb
Gsb
Ptm
Syp
bbt
Mks
Pls
Bml
Rpp
Jmb
Jmb
sab
दाङ । लमही कोइलाबास सडक बनेपनि नाका चालु नहुँदा कोइलाबासमा ब्यापार बट्टा कत्ति पनि छैन । ब्यापार नभएकोले नै होला यहाँका होटलहरुमा खाद्य तथा पेय पदार्थहरुको रेट महंगो छ ।
कोइलाबासको एक होटलको सोकसमा मदिराका खाली बोत्तलहरु सजाइएका छन् । सो होटल न त स्थानीय सरकारमा दर्ता छ न त आन्तरीक राजश्व कार्यालयबाट लेखा नम्बर नै लिएको छ । त्यसो त कर कार्यालयबाट मदिरा बेचबिखनको अन्:शुल्क लाइसेन्स समेत नलिएरै किराना पसलमा मदिरा राखेर बेच्ने गरेको पनि गढवा र राजपुरमा धेरै संख्यामा पाईएको गढवा होटल ब्यवसायी संघले जनाएको छ ।
नेपाल सरकारमा ब्यवसाय दर्ता नगरेरै गाउँ ठाउँहरुमा राजश्व ठगी गरेर ब्यवसायहरु संचालित छन् । ब्यवसायी संघले दिएको दररेट भन्दा आफ्नै मनपरिको दररेटमा ब्यवसायहरु सञ्चालित छन् । बजारमा मूल्य एकरुपता छैन । नियमन गर्ने निकाय स्थानीय सरकार र कर कार्यालयले अनुगमनमा चाँसो नदिदा राजश्व छलेर कैयनले ब्यवसाय गरेका छन् । यस बिषयमा सरकार पछिको ब्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघले पनि खासै चाँसो नदिने गरेको पाइएको छ – गढवा होटल ब्यवसायी संघले बताएको छ । यसैबिच गढवा होटल ब्यवसायी संघले आफ्नो कार्यक्षेत्र राजपुर र गढवाका बिभिन्न स्थानहरुमा झण्डै एक हप्ता लगाएर होटल ब्यवसायहरु अनुगमन गरेको अध्यक्ष दयाराम थापाले जानकारी दिनुभयो ।
राजपुरका जंग्रहवा सिक्टा,गंगदी र बेला लगायतका स्थलहरुमा अनुगमन गर्ने क्रममा ९ /१० जनको संख्यामा प्यान नम्बर लिएको तर मदिरा बेचने लार्यसेन्स नलिएर ब्यवसाय गरेको पाईएको र कत्तिले त कर कार्यालयको स्थायी लेखा नम्बर नलिएरै खुलेयाम मदिरा बिक्री गरेको पाइएको संघले जनाएको छ ।
त्यस्तै संघले गढवाका धानखाली, जुरौनी, कालाकाटे, पचाहा, रामनगर, मानपुर, चन्दनपुर, कोइलाबास, जमुनीवास, कक्रहवा, मनिकापुर लगायतका दर्जनौ क्षेत्रहरुमा अनुगमनको क्रममा केहि संख्यामा कर नतिरेरै ब्यवसाय गरेको पाइएको जनाएको छ । अनुगमनको क्रममा केहि ब्यवसायीहरुले दर्ता नविकरणमा आनाकानी गर्ने गरेको समेत संघले जनाएको छ । एक हप्ते अभियानमा संघमा आवद्ध २ सय ९४ होटल ब्यवसाय अन्तर्गत २ सय ४ होटलको नविकरण गरेको,४० को हाराहारीमा बाँकी रहेको र ४६ होटल ब्यवसायीहरु बिस्थापित भएको जानकारी दिएको छ ।
यस्तै होटलहरुमा बिक्री गरिने खाद्य तथा पेय पदार्थहरुको मुल्य एकरुपता कायम गर्न,दर्ता नगरेकालाई सरकारी निकायमा दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न, अन्तशु:ल्कको लाईसेन्स लिएर मात्र मदिरा बेच्न र नविकरणको घरदैलो सेवा प्रवाह गर्न तथा ब्यवसायीहरुबाट आउने सुझाव सल्लाह संकलन गर्ने अभियान अन्तर्गत संघले बर्षेनी दुवै गाउँपालिका क्षेत्रभित्रका होटल तथा नास्ता पसलहरुको अनुगमन गर्ने गरेको संघका सचिव तिलक बहादुर पुनले युगबोधलार्य जानकारी दिनुभयो ।
सरकारका नियमन गर्ने निकायहरु कानमा तेल हालेर बसेका छन् । न स्थानीय सरकारले न त कर कार्यालय र खाद्य तथा गुणस्तर बिभागले बजार अनुगमन गर्छ । सरकारी निकायहरु निरीह रहादा ब्यवसायमा बेथीती बढेको छ । गरिहाले पनि बर्षमा २ घण्टा अनुगमन गरेजस्तै गरेर झारा टार्ने बाहेक अरु केहि हुदैन । यस बिषयमा ब्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघहरुले पनि चाँसो दिनुपर्ने स्थानीय जानकारहरुको भनाई छ । होटलहरुको मुल्य एकरुपताका लागि हामीले घरदैलोमा पुगेर बिक्रीगर्ने रेटलिष्ट दिन्छौं । दर्ता नगरेका र लार्यसेन्स नलिएरै मदिरा बेच्ने लाई दर्ता गर्न र लाइसेन्स लिन सुझाव दिने गरेका छौ तर हाम्रो मात्र सुझावले नहुँदो रहेछ । राजपुरका किरान,फेन्सी र श्रृंगार पसलहरुमा समेत मदिरा राखेको पाइन्छ । यस्ता बिषयमा नियमन गर्ने निकायहरुको ध्यान जान जरुरी छ–संघका अध्यक्ष थापाले भन्नुभयो ।
