
Rsb
jsb
Ssb
Ppu
Ssb
Csb
Gsb
Ksb
Ksb
Rks
Ksb
Fmb
Bsn
Tgp
Nsb
Usb

Gsb
Ssb
Usb
Tsb
Hl1

ptl
Nps
Rgu
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकले नेपालगन्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
नेपालगन्जको त्रिभुवन चोकमा लागु औषध कारोवार भइरहेको विशेष सूचना पाएको प्रहरीले कबडियालाई खानतलासी गर्दा कालो प्लाष्टिकको तीन वटा पोकामा उक्त ब्राउनसुगर फेला पारेको थियो ।
त्यस्तै उनको साथबाट २२ हजार रुपैयाँ नेपाली र १५ सय भारतीय रुपैयाँ बरामद गरेको पनि प्रहरीले जनाएको छ । कबडियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
