
Bpb
Gsbus
Ppu
smb
gms
Rg-9
Asm
Ssbus
sks
jms
Rus
jmb
Ddh
Sys

cks
Tsb
Rys
Ln3
Hl1
kbs
Sbs
Ln1
bmj
Ln8
Ln7
Dps
Gg5
Gg1
Ln2
Asm
Ln9
Usb
bml
Ssb

Gjl
Gg2
Ksb
Sbs
Sab
ptl
Jab
Bpb
Gg3
Sml
Gg6
Rgu
Nps
Snk
Gg4
Jpb
Rss
काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता अनुराग खड्का नेपाल तरुणदलको केन्द्रीय विभाग सदस्यमा आइतबार मनोनीत चयन हुनु भएको छ । खड्कालाई नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले दलको केन्द्रीय विभागको सदस्यमा मनोनीत चयन गर्नु भएको हो । युवा नेता खड्का पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी संयोजक रहेको तरुणदल विभाग यस अघि नै विस्तार भएको थियो भने आइतबार पुन: केही सदस्य थप गरिएको हो ।
आफ्नो बुवाको मृत्यु पछि अनुरागले राजनीतिमा चासो दिदै आउनु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अनुरागले स्थानीय संग प्रत्यक्ष भेटघाट पनि गर्दै आउनु भएको छ । देशको समसामयिक राजनीतिलाई नजिकबाट नियाल्दै छु, राजनीतिमा बुवाले गर्न बाकी रहेका कामहरुलाई मैले निरन्तरता दिने छु अनुरागले सिधापत्र संग भन्नु भयो ।
