
Sdc
Ges
Gesld
Dpm
Pbu
Mbf
Amb
dpm
Dbc
sjnsplk
Snmbs
Snmbs
rgs
snmbs
pvg


कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मौलाना मशहुद खांलाई मनोनयन गर्ने निर्णय गरेको केहि दिनपछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खांले मौलाना मशहुद लाई नियुक्ति पत्र दिई कार्यभार सम्हाल्न आग्रह गरेका छन् ।
कृष्णनगर बस्ने मौलाना मशहुद मदरसा व्यवस्थापन, मदरसाको समस्या,मदरसाको संरक्षण,मदरसाको शिक्षकको पेशागत शंरक्षण लगायतका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउदै आएका व्यकितत्व का रूपमा परिचित रहि जामिया सिराजुल उलुम अल्सल्फिया,जमियत अलहेरा का प्रवक्ता रहेका मौलाना मशहुद खां नेपाली यो भन्दा पहिला पनि मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव उहामा प्रचुर मात्रामा रहेको प्रष्ट देखिन्छ ।
उहाँ दोस्रो पटक उपाध्यक्ष भए पछि मौलानाको घरमा भेटेर,फोन मार्फत तथा सामाजिक संजाल मार्फत बधाई निरन्तर आइ रहेको बताउदै आफूले मदरसाको हकहित तथा उर्दू भाषाको संरक्षणमा सधै लागि रहने बताए ।
