काठमाडौं । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् ।
यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिकाहरु सुमित्रा गाैतमको स्वर रहेको तीज गीत ”सम्झायाे माईतीघर ” सार्वजनिक भएको छ । दुराेधन बस्नेतकाे शब्द रहेको गीतमा कमल सुरेस शाहि को संगीत छ ।
गीतको भिडियोमा एलिना राईमझी ,सुरबिर पण्डित (दारी बा) , बिध्धा कार्की ,राम सिह भाटको अभिनय रहेकाे गितमा ललित केसीले निर्देशन गरेको भिडियोमा न्युज24ग्यालेक्सीले गीतलाई पर्दामा ल्याएकाे हाे । भिडियोमा बिरेन्द्र भाटले सम्पादन हाे । पर्दा दृश्य “Media Galaxy Tv” अफिसियल युटब च्यानल मार्फत सार्बजनिक भएको छ ।