सिधा-पत्र/क्राईमबिट शनिबार, भाद्र ०४, २०७९

सुनसरी । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।

सुनसरीको इटहरी उप-महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ । फेसबुक अकाउन्ट ह्याक गरेर आरोपीहरुले पीडितको म्यासेन्जरबाट पीडितकै साथीहरुलाई आफु ‘समस्यामा परेको’ भनेर म्यासेज पठाएर ठग्ने गरेको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले बताए ।

म्यासेन्जर दुरुपयोग गरेर आरोपीहरुले इसेवा आईडीमा रकम पठाउन आग्रह गरेर ठग्ने गरेका थिए । भदौ १ मा झापाको भद्रपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुबारे अनुसन्धान गरिरहको छ । सफ्टवेयर बनाएर सामाजिक सञ्जालमा ‘ब्युटी कन्टेस्ट’ मा भोट दिन आग्रह गरेर पीडितलाई झुक्याएर अकाउन्टमा अनधिकृत प्रवेश गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै फेसबुकको पासवर्ड चोरी गरेर आरोपीहरुले बिरामी भएको बहना बनाएर रकम माग्ने गरेका थिए । उनीहरुले अहिलेसम्म २५ वटा अकाउन्ट ह्याक गरेर २ लाखभन्दा बढी रकम ठगेको अनुसन्धानबाट थाहा भएको डिएसपी राईले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]