
Ggp
Pbu
cjs
Gis
Sds
Rgp
Sgr
Rgp1
sbs
Cps
Gfs
Rgp
Djs
Pes
Lnp
Rmb
Srbpu
pku
Unsku

Vor
Rgu
Pvg
Ggd
Bbbpu
Ksm
Rgs
Sls
Hal
Asm
Sbs
Rgu
Ssm
Bbu
Rsb
Tsm
nsb
Wsp
Gst

Jmb
sab
Syp
Jmb
Gsb
Abd
Rpp
bbt
Rmb
Ptm
Bml
Mks
Pls
‘समृद्धिका लागि सामुदायिक वन : उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ देशैभर सामुदायिक वन दिवस मनाईएको छ ।
दाङ । दाङको देउखुरी स्थित बन महासँघ लमही नगर कमिटिले पनि आईतबार बिबिध कार्यक्रम गरि मनाएको छ । कर्रि सामुदायिक वन उपभोक्ता समिति लमही-७ बनघुस्रीको सहयोगमा बन दिवस मनाईएको हो । बन महासँघ लमही नगर अध्यक्ष लक्ष्मी योगीको अध्यक्षता तथा कर्रि सामुदायिक बनकि उपाध्यक्ष देवा वलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले बनको महत्व, आबश्यक्ता र चुनौतीका बिषयमा आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए । कर्रि सामुदायिक बन बनघुस्रीका सचिब हरिराम चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा गुप्ती सामुदायिक बन लमही ९ हर्दवाका सचिब अमर कुवर ‘नवीन’, स्वर्गद्वारी हरियाली सामुदायिक बन लमही ७ का सचिब निरज सिँह ठकुरी, उचानिम्बु सामुदायिक बन लमही ८ का गौरी चौधरी, कर्रि सामुदायिक बनका सल्लाहकार रण बहादुर घर्ती मगर लगायतका बक्ताले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बन महासँघ लमही नगरका सचिब किशोर घर्ती मगरले गर्नुभएको थियो ।
नेपालमा कहिलेदेखी शुरु भयो बन दिवस?
वि. सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको थियो । सोही दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाउँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’ले जनाएको छ । यद्येपी यो भन्दा अघि सामुदायिक बनहरु हस्तान्तरण भएका थिएनन् । नेपालमा बन दिवस मनाउन थालिएको ४ दशक अघिदेखी मनाउन थालिएको हो ।दिवसका अवसरमा यही साउन १९ देखि २५ गतेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घ महासभाले २१ मार्चलाई अन्तर्राष्ट्रिय वन दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुरुप हरेक वर्ष वनको महत्त्वको बारेमा जनचेतना फैलाउने उदेश्यले विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउने चलन रहि आएको छ ।
नेपालमा कति छन सामुदायिक बनहरु?
हाल देशैभर २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’को तथ्याङ्कमा उल्लृख छ । जसमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरीले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर बनक्षत्र व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ । स्थापनाकाल देखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण भुमिका खेलेको पाईन्छ । नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनमध्ये १ हजार १ सय भन्दा बढीमा त सत प्रतिशत महिला सहभागिता छ ।
>वनकै अभियानकर्मी निर्वाचित भएपनि समस्या उस्तै ।
सामुदायिक वनका अभियानकर्मी स्थानीय, प्रदेश र सङ्घीय सरकारमा करीब दुई हजारभन्दा धेरै निर्वाचित भएका छन् । तर उपभोक्ता समूहले वर्षौदेखि उठाउँदै आएको केही सवालहरु अझै सम्बोधन हुन सकेका छैनन् । करीब छ हजार सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना परिमार्जन हुन नसकेको र त्यसले सामुदायिक वनलाई नियमित रुपमा वन व्यवस्थापन गर्न वञ्चित हुनुपरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र समुदाय तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ । वनको दिगो व्यवस्थापन नै नेपालका निम्ति उच्चतम सिद्धान्त भएको सामुदायिक वनहरुको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार प्राप्त हुन नसकिरहेको फेकोफनले आरोप लगाएको छ । सरकारले सामुदायिक वनबाट लिन खोजिएको त्यहोरो करमध्ये सङ्घीय सरकारले लिइरहेको १५ प्रतिशत कर हटाइए पनि केही प्रदेश र स्थानीय सरकारमा पुनः व्यवस्था गरिएकाले उक्त कर हटाउने विषयमा सरकारसँग नियमित छलफल भइरहेको फेकोफनको भनाई छ ।
