
Dpm
dpm
Sdc
Snmbs
sjnsplk
pvg
Dbc
Snmbs
rgs
Gesld
Pbu
Mbf
Ges
Amb
snmbs


दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको जनज्योति माध्यमिक विद्यालय प्रशासन शाखा र लेखा शाखामा अनेरास्ववियु निकट विद्यार्थी संगठनद्वारा गत श्रावण ३० गते लगाईएको ताला भाद्र २ गते खुलाईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरराज गिरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादव, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी,राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,सो विद्यालयका प्रधानाध्यापक केशवराम यादव,नेकपा एमाले पार्टीका जिल्ला सदस्य रतन कुमार केसी,उक्त पार्टीका जिल्ला सदस्य तथा अनेरास्ववियु निकट विद्यार्थी संगठनका जिल्ला इन्चार्ज पवन रिजाल, अनेरास्ववियु निकट विद्यार्थी संगठन राजपुरका अध्यक्ष निरज यादव लगायतको रोहवरमा बसेको बैठकबाट विद्यालयका शिक्षक पाटेश्वर यादवलाई सो विद्यालयमा हाजिर नगराउने भन्ने सबैको सल्लाह र निर्णयले विद्यालयको प्रशासन शाखा र लेखा शाखामा लगाइएको ताला खुलाइएको हो ।
अहिले शिक्षक यादव थुनामा रहेकोे र अदालत प्रक्रियामै उनको केश चलिरहेको हुँदा यादव दोषी थहरिएको खण्डमा उनको जागिर सोहत:जानेछ तर दोषी नथहरी धरौटी वा सफाइ पाएको खण्डमा सो विद्यालयमा हाजिरी हुन पाउने छैनन् भने राजपुर गाउँपालिका शिक्षा शाखामा हाजिर हुन पाउने छन् । जनज्योति माविमा यादवको स्थानमा अर्को शिक्षकको व्यवस्थापन गरि गाउँपालिकाले पठाउने गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।

