टोपेन्द्र खनाल/वरिष्ठ सम्बादाता शुक्रबार, भाद्र ०३, २०७९

दाङ । वैदेशिक रोजगारका निम्ती हाल मलेसिया रहेका राजपुर गाउँपालिका वडा नम्बर २ का प्रकाश बि.क.को पहलमा उपचार खर्चको लागि मलेसियामा संकलित रु.चवालिस हजार तीन सय उन्साठी आर्थिक सहयोग रकम निजकी धर्मपत्नी सुनिता बिकको हातबाट संचारकर्मी टोपेन्द्र खनालको रोहवरमा मिर्गौला पिडित राजपुर -२ बेला निवासी वर्ष ४४ कि तुलसा सुनारकी श्रीमान राजपुर गाउँ पालिका वडा नम्बर २ निवासी मीन बहादुर सुनारलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग गर्नेमा बेदप्रकाश बिक,( राजपुर), अपिल दाहाल (झापा), हेमलाल तामाङ ( काभ्रे), मनोज शाह ( रौतहट), लोकराज चौधरी ( मानपुर), दिपक पोर्तेल, पाकिस्तानी टिम,राजाराम लगायत निजका अन्य साथीहरु रहेका छ्न । पीडित सुनार बिगत १० महिनादेखी मिर्गौला पीडित भइ “बुटवल गौतम बुद्ध मुटु हस्पिटल”मा उपचार पश्चात् हाल देउखुरीको लमहीमा हप्तामा दुईपटक डायलाइसिस गराउदै आईरहेकी छिन ।

उपचारमा मासिक पच्चीस हजार खर्च हुँदै आएको र घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा उपचारमा कठिन भएको र यसरी बिदेशमा पसिना बगाउँदै कमाएको पैसा संकलन गरि सहयोग गर्नु भएकोमा सहयोगी मन भएका उहाँहरुलाई धन्यवाद दिन चाहान्छु,निजका श्रीमान मीनबहादुर सुनार बताउछ्न ।

त्यस्तै पीडितका छोरा एन्जल सुनारले अहिले हाम्रो समस्यालाई हेरेर सहयोगी मन भइ सहयोग गर्नु भएका र अब सहयोग गर्नुहुनेलाई आफुलेपनि कुनै समयमा कुनैनकुनै प्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सहयोग गर्न चाहानेहरुको लागि माछापुच्छ्रे बैंकको खाता नम्बर १४४०९५२७१०००००१२ सार्वजनिक गरिदिन समेत आग्रह गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]