
snmbs
Ges
Dbc
Mbf
Snmbs
dpm
Amb
pvg
Gesld
sjnsplk
Sdc
Dpm
rgs
Snmbs
Pbu


दाङ । दाङमा प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुल्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका दिनेश घर्तीमगरलाई हनिट्रयापमा पारेको आरोपमा एक पुरुष सहित चारजना युवतीलाई नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
उक्त समुहले साउन २७ गते व्यापारी घर्तीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप दुई वटा चेकमा दुई दिनको फरक मितिमा २÷२ लाख र एउटा चेकमा सात लाख बीस हजार रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाख बीस हजारको चेक त्यो गिरोहलाई दिएका थिए ।
सोहि अभियोगमा रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय दिलिपकुमार वली, घेराही उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षिया पवित्रा डाँगी, ३२ वर्षया बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिया सर्मिला भन्ने प्रर्मीला नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले बताउनुुभयो ।
त्यस्तै उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको उहाँको भनाई छ ।
