
Rsb
Csb
Ssb
Ppu
mss
Gsb
gis

Tsb
Ssb

Nps
Rgu
दाङ । विभिन्न विकृति एवम् विसङ्गति विरुद्धको प्रस्तुति दंगाली गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम २०७९ प्रस्तुत गरिएको छ ।
सिस्नोपानी नेपाल, दाङ शाखाको आयोजनामा आज दाङको घोराहीमा गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम प्रस्तुत गरिएको हो । सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुलीको अध्यक्षता तथा राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतित्थमा गरिएको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रममा देशको समसामयिक राजनीतिक, आर्थिक,सामाजिक विषयबस्तुलाई आधार बनाउँदै नकारात्मक पक्षमाथि कटाक्ष गर्दै व्यंग्यात्मक शैलीमा रचना प्रस्तुत गरिएको थियो ।
दंगाली कलाकार, साहित्यका एवम् श्रष्टाहरुले देशमा बागडोर सम्हालेका राजनीनिक भूमिकामा रहेका अधिकांश दल र तिनका नेताहरुका कारण मुलुकले अहिले विभिन्न कारणबाट दुख व्यहोर्न बाध्य भएको विषयबस्तु मूल रुपमा व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो । यस्तै, अहिलेको समाजमा देखा परेको विकृति विसंगतिका विरुद्ध पनि आवाज उठाउँदै हास्यव्यङ्य प्रस्तुत गरिएको थियो ।
त्यस्तै सो अवसरमा दंगाली श्रष्टाहरु कमल गाउँले, कमलमणि देवकोटा,दीपक शर्मा ‘समीर’,डा. हिमलाल पन्थी,हरि पोख्रेल, धनसिंह गिरी,पिताम्बर रिजाल,खड्ग शर्मा पौडेल,नारायण भण्डारी, भरतमणि पाण्डे,अर्जुन पौडेल, दामोदर पौडेल लगायतले प्रहसन राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खनालले देश सत्मार्गमा हिँडाउन, सभ्य समाजको निर्माणका लागि विकृति,विसङ्गति विरुद्धको आवाज उठाउने बलियो माध्यम भएकाले मुलुकलाई सही बाटोमा हिँडाउन सबै क्षेत्रबाट खबरदारी आवश्यक भएकाले गाईजात्रा हास्यव्यङ्ग्य पनि निकै उपयोगी भएको बताउनुभयो ।
यस्तै नागरिक समाज दाङका संयोजक केबी मसालले देशमा अहिले पनि यो वा त्यो बहानामा विभिन्न खालमा बेथिती कायमै रहेकाले त्यसका विरुद्ध व्यङ्ग्यात्मक शैलीमा खबरदारी गर्दा उनीहरुलाई सच्चिने मौका मिल्ने विश्वास व्यक्त गर्नुभयो । दाङमा २०५० को दशकबाटै हरेक वर्ष यस प्रकारको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम हुँदै आएको सस्नोपानी नेपाल दाङका अध्यक्ष डा. पराजुलीले बताउनुभयो । उहाँका अनुसार, गोरुजात्रा २०५९, बोका ब्यायो २०६१ कमलमणि देवकोटाको साथमा निर्माण गरिएको हास्यव्यङ्ग्य निकै चर्चित भएको थियो ।
