बाँके । सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट बाँकेबाट प्रहरी निरीक्षक जिबनलाल बुढाको कमान्डमा खटिएको प्रहरी टोलीले ६० लाख मुल्य बराबरको अवैध सामान सहित ट्रक पनि पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक बुढाका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका १ हात्तीसारमा सुर्खेततर्फ जाँदै गरेको भे. १ ख. ३५८८ नं.को ट्रकलाई शंका लागि चेकजाँच गर्दा बिल बिजक नभई अवैध रुपमा रहेको चिनी, चामल, सुर्तिजन्य पदार्थ र लत्ताकपडा फेला पारेको हो ।
उक्त सामान,ट्रक र २ जना ट्रकचालक तथा सह–चालक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।